अनियन्त्रित नदी दोहन

dozer excavator
फाइल फोटो

नुवाकोट । जिल्ला अनुगमन तथा समन्वय समिति नुवाकोटले तीन महिनाका लागि नदी उत्खननमा रोक लगाएको भएपनि खुलेआम दोहन भैरहेको छ ।

संबैधानिक ब्यबस्था अनुसार असार १ गतेदेखि भदौ मसान्त सम्म नदीमा उत्खनन् गर्न पाउने छैन । जेठ अन्तिम साता जिल्ला समन्वय समितिको सभाहलमा आयोजित प्राकृतिक श्रोतसाधनको १२ वटै स्थानीय सरकार प्रमुख सहितको समन्वय बैठकमा असारदेखि असोजसम्म तीन महिनासम्म हाते औजारको समेत प्रयोग गर्न नपाउने निर्णय भएको थियो । तर नुवाकोटको तादी, त्रिशुली, लिखु फलाखु कोल्पु खोलामा दिनदाहाडै उपकरण प्रयोग गरि नदी उत्खनन् भैरहेको छ ।

स्थानिय सरका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायतको बैठकले गरेको निर्णयलाई तस्करीहरुले धोति लगाईदिएका छन् । प्रहरी प्रशासनको आँखै अगाडी यसरी दिदाहाडै नदी उत्खनन् हुन थाले पछी पुनः समन्वय बैठक बस्ने बताईएको छ ।

२३ असार २०७७, मंगलवार १२:२७



तपाईको प्रतिक्रिया