३५ वर्षदेखिको पहिरो

विदुर । विदुर नगरपालिका वडा नं. ८ को क्यौरेनी खिञ्चेतमा ३० वर्षदेखि पहिरो जान सुरु गरेको भए पनि सम्बन्धित निकायले रोकथाममा ध्यान नदिँदा सयौँ रोपनी जग्गा र बस्ती जोखिममा परिरहेको छ । पहिरोले वडा नं. ८ को खिञ्चेत र क्यौरेनी गाउँ उच्च जोखिममा परेको छ ।

२०४२ सालदेखि पहिरो जान सुरु गरेकोले बर्खा लागेपछि गाउँ नै बगाउने गरी पहिरो झरिरहेको छ । पहिरो राकथाम र न्यूनीकरण गर्न स्थानीयले हारगुहार गरे पनि सरकारी निकायले तदारुकता नदेखाउँदा ४०–५० घर पूर्ण रूपमा प्रभावित बनेका छन् । पहिरोले गर्दा खात्रेखोला, क्यौरेनी, खिञ्जेत र पिँडालुबारीका सयौँ रोपनी जग्गा कटानी गरेर बगरमा परिणत भएको छ ।

२५ असार २०७७, बिहीबार १३:३१



तपाईको प्रतिक्रिया