त्रिशुली । विदुर नगरपालिका वडा नं. १ त्रिशूलीबजारका असङ्गठित क्षेत्रमा कार्यरत श्रमिकको दैनिक गुजारामा समस्या देखेर त्रिशूली बजारका व्यवसायी मोहनबहादुर श्रेष्ठको परिवारले ३२ जनालाई खाद्यान्न राहत वितरण गरेको छ ।
गत हप्ता मोहनबहादुर श्रेष्ठ, श्रीमती दुर्गादेवी श्रेष्ठ र छोरा मनीष श्रेष्ठले त्रिशूलीका अतिविपन्न र निम्नस्तरका ३२ जनालाई पाँच केजी चामल, एक केजी दाल, एक केजी चना, आधा लिटर तेल, एक प्याकेट नुन र हातधुने साबुन वितरण गरे । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन सुरु भएपछि ज्याला–मजदुरी गरेर दैनिक गुजारा चलाउने काम नपाउँदा भोकभोकै बस्नुपर्ने अवस्थामा पाएको राहतले केही दिनलाई सहज भएको माइली खड्कीले बताए ।
२५ असार २०७७, बिहीबार १३:३४