बाबु मार्ने छोरो समातिए

थानसिंग । आफ्नै बाबुको हत्या अभियोगमा नुवाकोटको लिखु गाउँपालिका वडा नं. ६ थानसिंगका एक युवा पक्राउ परेका छन् ।

थानसिंगका २६ वर्षिया विनोद सुनारलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको हो । उनले आफ्ना ५५ वर्षिया बाबुको हत्या गरेको अभियोग लागेको छ । असार ९ गते चन्द्रबहादुर सुनारलाई उनका छोरा बिनोद सुनारले फलामको गलले प्रहार गरी गम्भिर घाइत बनाएका थिए । उपचारको क्रममा चन्द्रबहादुर सुनारको असार १२ गते मृत्यु भएको थियो । बाबुको मृत्यु पछि फरार रहेको विनोदलाई गाउँमै लुकिबसेको अवस्थामा १३ गते प्रहरी पक्राउ गरेको हो । हिजो जिल्ला अदालत नुवाकोटमा पेश भएको उनीमाथी अनुसन्धान गर्न प्रहरीलाई अदालतले चार दिनको समय दिएको छ ।

सामान्य घरायसी विवदाका क्रममा विनोद सुनारले आफ्ना बाबु चन्द्रबहादुरमाथि आक्रमण गरेका थिए । टाउँकोमा ठूलो चोट लागेका उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको थियो ।

२५ असार २०७७, बिहीबार १३:५०



तपाईको प्रतिक्रिया