कोरोना संक्रमित २९ पुग्यो, २१ निको भइ घर फर्किए, किस्पाङको पिसिआर नतिजा सबै नेगेटिभ आयो

नुवाकोटमा बिहिबार फेरी पनि १ जना कोरोना संक्रमित थपिएको छ । बेल्कोटगढी नगरपालिकाको क्वारेनटाईनमा बसिरहेका २९ बर्षिय महिलामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । यससँगै नुवाकोटमा भाईरस संक्रमितको संख्या नुवाकोटमा २९ जना पुगेको छ ।

यससँगै बिहिबारनै ४ जना संक्रमित संक्रमण निको भएर घर फर्किएका छन् । तारकेश्वर गाँउपालिकाको ४ जनामा संक्रमण निको भएपछी डिस्चार्ज गरेको त्रिशुली अस्पतालले जनाएको छ । 

तारकेश्वरबाट एकै पटक आईसोलेसनमा ल्याईएका बाँकि २ जनामा भने संक्रमण निको भएको छैन । स्वाब परिक्षण गर्दा २ जनामा भाईरसको संक्रमण देखिएले उनिहरुलाई आईैसोलेसनमै राखिएको छ । 

यता, किस्पाङ गाँउपालिकाबाट स्वाब परिक्षणका लागी पठाएको सबैको नतिजा नेगेटिभ आएको छ । पसल सञ्चालन गर्दै आएका एक महिलामा संक्रमण देखिएपछी उहाँको कन्ट्रयाक ट्रेसिङ मार्फत संकलन भएको सबैका स्वाब परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको किस्पाङ गाँउपालिकाका अध्यक्ष छत्र लामाले बताउनुभएको छ । 

किस्पाङ गाँउपालिकाबाट १६ जनाको स्वाब संकलन भएको थियो । सबै जनाको परिक्षण भैसकेको र रिपोर्ट नेगेटिभ आएको अध्यक्ष लामाले बताउनुभएको छ ।

बिहिबारनै तादी गाउँपालिकाको खरानिटार अस्पतालमा रहेको आइसोलेसनबाट एक जना कोरोना संक्रमित  निको भएर घर फर्किएका छन् । 

तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेका अनुसार खरानीटार अस्पतालको आइसोलेशनमा २७ दिन उपचार पश्चात् १९ बर्षिय पुरुष निको भएर घर गएका छन् । पछिल्लो पटकको पिसिआर परिक्षणमा उनको रिपोर्ट निगेटिभ आएपछि घर पठाइएको हो । उहाँ अब १४ दिन होम क्वारान्टाइन बस्नेछन् । हालसम्म नुवाकोटमा २९ जना कोरोना संक्रमित भएका छन् भने २१ जना कोरोनामुक्त भइ घर फर्किएका छन् । 

२७ असार २०७७, शनिबार १२:२४



तपाईको प्रतिक्रिया