‘नदी दोहन रोक’

ढिकुरे । नेकपा लिखु गाँउपालिका संगठन कमिटिले अबैध रुपमा नदिजन्य पदार्थ उत्खनन्को बिरोधमा उत्रिएका स्थानिय माथी खुडा प्रहार गर्ने क्षेत्रपाल क्रसर उद्योग सञ्चालक र अपराधिक घटनामा सम्लग्नलाई कारबाही गर्न माग गरेको छ ।

अध्यक्ष मेघनारायण श्रेष्ठ र सचिब बिबेक ढकालले संयुक्तरुपमा बिज्ञप्ती जारी गर्दै नदीमा भइरहेको अबैध उत्खनन् र कानुन बिपरितका कार्य तत्काल रोक्न र दोषिमाथी कारबाहीको माग पनि गरेका छन् ।

३ श्रावण २०७७, शनिबार १९:३६



तपाईको प्रतिक्रिया