अघिल्लो वर्षको उत्कृष्ठ विद्यार्थीको सम्मान

ट्रष्टका संरक्षण अर्जुननरसिंह केसी पृथ्वी माविका प्रअ बाबुराम लामिछानेलाई सम्मान पत्र प्रदान गर्दै ।

नुवाकोट । एसोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउने नुवाकोटका र रसुवाका ७ जना बिद्यार्थीहरुलाई नगद रुपैयाँ सहित सम्मान गरेको छ ।

ट्रष्टले २०७४ र ७५ सालमा सामुदायिक बिद्यालयबाट एसईई परिक्षमा उत्कृष्ट अंक ल्याउने नुवाकोटका रश्मी पनेरु, निशा गजुरेल, अनुप कोईराला, श्रीकृष्ण ओझा र शैलजा गजुरेललाई नगद रुपैयाँ सहित सम्मान गरेको हो । रसुवाका बिक्रम तामाङ र सौगात वस्तीलाई नगद रुपैयाँ सहित सम्मान गरेको ट्रष्टका महासचिव जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

ट्रस्टले एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल नुवाकोटको पृथ्वी माध्यामिक बिद्यालय, च्वाडी पब्लिक माध्यामिक बिद्यालय, सुन्दरादेवी माध्यामिक बिद्यालय र रसुवाको निलकण्ठ माध्यामिक बिद्यालयलाई पनि प्रमाणपत्र प्रदान गरेको छ । त्यस विद्यालयका प्रधानाध्यापकहरु क्रमश : बाबुराम लामिछाने, टिका खरेल, पुर्णचन्द्र भट्टराई, नारायणप्रसाद देवकोटा र मकुन्दप्रसाद रिजाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सम्मान तथा पुरस्कार प्रदान गर्दै ट्रस्टका प्रमुख संरक्षक अर्जुननरसिंह केसीले अब प्राविधिक शिक्षाको आवश्यकता रहेको औल्याएका छन् ।

यसै बीच, ट्रष्टका प्रमुख संरक्षक अर्जुननरिसंह केसी आगामी बर्ष नुवाकोटलाई कार्यक्षेत्र बनाएर स्वास्थ्य र शिक्षा विषयमा समाचार लेख्ने एकजना पत्रकारलाई नगद रुपैयाँ सहित सम्मान गर्ने घोषणा गरेका छन् ।

३ श्रावण २०७७, शनिबार १९:५२



तपाईको प्रतिक्रिया