हट्यो सिण्डिकेट

अघिल्लो पटक रसुवाको धुञ्चेमा भएको यातायात व्यवसायी र उद्योग बाणिज्य संघको बैठक

रसुवाका उद्योगी तथा यातायात ब्यबसायीहरुले रसुवागढी नाकाबाट सामान ढुवानी गर्नका लागि सञ्चालन हुने कन्टेनरमा लगाएको सिण्डिकेट सच्चिने भएको छ ।

नुवाकोट उद्योग बाणिज्य संघ र नुवाकोट चेम्बर अफ कमर्सले रसुवाका यातायात ब्यबसायी र उद्ययोगीहरुसँग गरेको छलफलले यो निष्कर्ष दिएको हो । रसुवागढीमा सामाग्री लिन रसुवाका कन्टेनरहरु मात्रै जान पाउने निर्णय रसुवाका ब्यबसायीहरुले गरेका थिए । नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर काार्कीका अनुसार अब त्यो सिण्डिकेट हटेको छ । अब रसुवाका कन्टेनर मात्रै सामान लिन केरुङजान पाउने प्रवधान हटेको छ ।

नुवाकोटको बिदुरमा रसुवाका उद्योगी तथा यातायात ब्यासायीसँग दोश्रो चरणको छलफल भएको छ । यस अघि रसुवाको धुञ्चेमा भएको छलफलले निष्कर्ष दिएको थिएन । छलफलमा बोल्दै विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले दुई जिल्लाको व्यवसायीक असन्तुष्टीले अर्को नाका निकटकाले फाईदा उठाएको बताए ।

मेयर पण्डितले रसुवा भौगोलिक रुपमा बिकटा रहेकाले नुवाकोटको मुख्य बजार क्षेत्र बिदुरमा कन्टेनर राख्नको लागी सहजिकरण गर्न सकिने पनि भनेको छन् । बट्टार बसपार्कमा कन्टेनरको पार्किङ स्टेसन बनाई नम्बरिङ प्रणाली मार्फत आबतजाबत गराउने तर्क उनको छ ।

५ श्रावण २०७७, सोमबार ०८:३२



तपाईको प्रतिक्रिया