प्रशासनलाई निवेदन नचाहिने

विदुर । जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट नागरिकहरुले लिने सेवामा अब निवेदन दिनुपर्ने झण्झट हटेको छ । आज प्रशासन कार्यालयले आफ्नो आधिकारी सामाजिक सञ्जालबाटै सूचित गरेको हो । जिल्ला प्रशासन कार्यालयबाट लिनु पर्ने सेवाका लागि नागरिकहरुले अन्य कागजात र सिफारिससंगै निवेदन पनि पेश गर्नुपर्ने दोहोरो कागजी झण्झटलाई अन्त्य गरिएको हो ।

केही दिन अघि नुवाकोटमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्न आएका झंकनाथ ढकालले प्रशासनको आन्तरिक सुधारको प्रतिवद्धता जारी गरेका थिए । नागरिकहरुलाई छिट्टै र सजिलोसित सेवा दिनका लागि आफ्नो टिमले नयाँ ढंगबाट काम गर्ने उनले आएकै भोलिपल्ट प्रतिवद्धता जनाएका थिए ।

ढकाल यस अघि लम्जुङ्गको प्रजिअ हुँदा पनि प्रशासनले दिने सेवामा निवेदन लेख्नु पर्ने व्यवस्था हटाएका थिए । त्यहाँ हरेक साता सावाग्राहीको समेत निःशुल्क सुगर र प्रेसरको परीक्षण गर्ने व्यवस्था पनि उनले गराएका थिए । राहदानी फारमको शुल्क त्यहाँ ५०० रुपैयाँबाट ३२५ रुपैयाँ गराइएको थियो ।

५ श्रावण २०७७, सोमबार १२:०८



तपाईको प्रतिक्रिया