दैनिक ज्यालादर बढ्यो

विदुर । नुवाकोटमा नयाँ ज्यालादर निर्धारण भएको छ । सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ बमोजिम आव २०७७-७८ का लागि नुवाकोट जिल्लाभर लागु हुने गरि निर्माण सामग्री र ढुवानीको दररेट, मेशिन तथा उपकरणको भाडा र कामदारको ज्याला निर्धारण सार्वजनिक भएको छ ।

जिल्ला समन्वय समितिका जिल्ला समन्वय अधिकारी कृष्णप्रसाद पन्थीको संयोजकत्वमा गठित उपसमितिले आव २०७७-७८ को लागि जिल्लाभर लागु हुने गरि निर्माण सामग्री र ढुवानीको दररेट, मेशिन तथा उपकरणको भाडा र कामदारको ज्याला दरमा १० रुपैयाँदेखि ३० रुपैयाँसम्म वृद्धि गरेको छ ।

समितिले प्लास्टरको प्रति दिन १२०० रुपैयाँ, कम्प्युटर अपरेटर एक हजार, ज्यामी ७३०, पियन ५००, लाईट ड्राइभर ६६०, प्याच वर्कर ५७०, लेन्थ वर्कर सुपरभाईजर ६४० र झाडु लगाउनेलाई ५४० ज्याला निर्धारण गरेको छ ।

गत आवमा प्लास्टर ११८०, कम्प्युटर अपरेटर ९८०, ज्यामी ७००, पियन ४८०, लाईट ड्राइभर ६४०, प्याच वर्कर ५६०, लेन्थ वर्कर सुपरभाईजर ६३० र झाडु लगाउनेलाई ५३० दैनिक ज्याला थियो ।

५ श्रावण २०७७, सोमबार १९:४७



तपाईको प्रतिक्रिया