एक जना संक्रमित थपिए

नुवाकोट । आज नुवाकोटमा फेरि एक जना कोरोना संक्रमित थपिएको छ । सुर्यगढी गाँउपालिकाका २३ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिए पछि त्रिबि शिक्षण अस्पतालमा उनको स्वाब परिक्षण भएको थियो । स्वाब परिक्षणमा कोरोना पुष्टि भएसँगै उनलाई शसस्त्र प्रहरी कोभिड १९ अस्पताल काठमाडौंमा उपचार थालिएको हो ।

यो सँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३६ पुगेको छ । सुर्यगढी गाँउपालिका स्थाई घर भएका २३ बर्षिय पुरुष काठमाडौंमा बस्दै आएका थिए । उनको उपचार काठमाडौंमै भैरहेको सुर्यगढी गाँउपालिकाले जनाएको छ ।

६ श्रावण २०७७, मंगलवार २२:१४



तपाईको प्रतिक्रिया