मञ्चको जिल्ला अध्यक्षमा पूर्ण तामाङ

विदुर । विपी कोइराला युवा नेतृत्व विकास मञ्चले नुवाकोटमा शाखा बिस्तार गरेको छ । म्यागाङ गाउँपालिका वडा नं. ६ सामरीका पूर्ण तामाङलाई केन्द्रले अध्यक्षको जिम्मेवारी सुम्पेको छ । अन्य पदाधिकारी र सदस्यहरु अब मनोनय हुने बताइएको छ ।

मञ्चका अध्यक्ष तामाङ म्यागाङ युवा क्लवको खेलकुद विभाग प्रमुख, त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसमा स्ववियु सहसचिव छन् । हाल नुवाकोट सहित २६ जिल्लामा अध्यक्ष तोकिएको केन्द्रले जनाएको छ । मञ्चको केन्द्रमा निलकण्ठ रिजाल अध्यक्ष छन् ।

७ श्रावण २०७७, बुधबार १९:५९



तपाईको प्रतिक्रिया