कोभिड–१९ को संक्रमण फैलन नदिन गरिएको लकडाउन हिजो रातीबाट अन्त्य भएको छ । केही दिनदेखि जिल्ला भित्रका सवारी साधन सञ्चालनमा आएका छन् । सवारी साधन सञ्चालनका लागि सरकराले मापदण्ड तयार गरेको छ । आधा भन्दा कम यात्रालाई मात्र बोक्ने, स्वास्थ्य सुरक्षाका उपाया अपनाउने र शारिरिक दुरी कायम गर्ने अनिवार्य शर्त सरकारले लागू गरेको छ ।
तर नुवाकोट भित्र सञ्चालन हुने सवारी साधनले यसरी यात्रु कोचेका छन् की, यो मापदण्डको कुनै अर्थ देखिएको छैन । अनि यसरी चढ्ने यात्रुहरुको बाध्यता त होला, तर बाध्यता भन्दैमा यसरी आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ कि पर्दैन ? अनि आफु मात्रै हो र यो रोगबाट त समुदाय पनि त असुरक्षित रहन्छ नि ।
आज विदुरबाट थानसिंग–छहरे हुँदै भट्टीकोडिलसम्म जाँदा सार्वजनिक यातायातको साधनमा यस्तो दृष्य देखियो । सरोकारवाल मात्रै होइन यात्रु पनि सचेत बनौं, यस्तो भिडभाड र जात्रा नगरौं । की कोरोनाले अब हानी पु¥याउदैन भन्ने ठोकुका गर्न सक्ने अवस्था आइसक्यो ?
७ श्रावण २०७७, बुधबार २०:१३