विदुर । नुवाकोटबाट बालुवा बोकेर रसुवा जाँदै गर्दा पक्राउ परेको एक सवारी साधन कारबाहीमा परेको छ ।
हिजो साँझ विदुर नगरपालिका वडा नं. २ मा पक्राउ परेको एक आइचरलाई बीस हजार रुपैयाँ जरिवाना गरेर छाडिएको हो । प्रहरीले नियमित जाँचको क्रममा एक आइचरलाई पक्राउ गरेकामा आवश्यक काजगपत्र नभएको भन्दै नियन्त्रणमा लिएको थियो ।
जिल्ला समन्वय समिति नुवाकोटमा बालुवा सहित बुझाइएको आइचरलाई अबैध बालुवा बोकेको अभियोगमा बीस हजार रुपैयाँ जरिवाना गराएर छाडिएको छ ।
८ श्रावण २०७७, बिहीबार २०:०६