लकडाउन सकियो, काठमाडौं जान पास भने आवश्यक

विदुर । सरकारले पूर्ण रूपमा लकडाउन सकिएको छ । तर काठमाडौं उपत्यका प्रवेशमा भने पास चाहिने ब्यवस्था हटेको छैन ।

अन्तर जिल्ला सवारी साधन सञ्चालन गर्न रोक लगाइएकाले पास लिनुपर्ने व्यवस्था निरन्तर रहेको गृह मन्त्रालयले जनाएको छ । लकडाउन सकिएको भए पनि अन्तरजिल्ला सवारी साधन चलाउन पाइँदैन । त्यसैले काठमाडौं प्रवेशका लागि पास चाहिने व्यवस्था निरन्तर रहेको छ ।

सरकारले भदौ १ गतेदेखि मात्रै अन्तरजिल्ला सवारी साधन सञ्चालन गर्न पाइने बताएको छ । तर अत्यावश्यक काम हुनेले जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिएर काठमाडौं जान पाउँछन् । त्यसका लागि आफू बस्ने स्थानीय तहको सहमति आबाश्यक पर्ने छ ।

८ श्रावण २०७७, बिहीबार २०:४७



तपाईको प्रतिक्रिया