खर्चको पारदर्शिता खोजी

विदुर । पारस्पारिक जबाफदेहिता परियोजना अन्तर्गत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित ‘हेड कोलेसन’ बैठकले नुवाकोटका बिभिन्न समसामयिक सबालहरुलाई उठाएको छ ।

आर्थिक बर्षको अन्त्यमा हुने बजेट खर्चको पारदर्शिता, लक्षित बर्गमा बिनियोजन भएको बजेट खर्च लगायतको बिषयमा पारदर्शि नभएको बैठकमा आबाज उठेको छ । सुशासन, स्थानिय विकास तथा पारस्परिक जवाफदेहिता बारे छलफल हुने बैठकमा स्थानिय तहमा हुने बिकास योजना, बजेट खर्च, नागरिक र सञ्चार जगतबीचको समन्वय लगायतको बिषयमा बहस हुने गरेको छ । बैठकले जिल्लाको १२ वटै स्थानिय तहाम रहेको बिभिन्न संरचना अन्तर्गत उठेका सबालहरुलाई उठाउदै निष्कर्षमा पु¥याउने गरेको कार्यक्रम संयोजक दिपेश घिमिरेले बताए ।

८ श्रावण २०७७, बिहीबार २१:०९



तपाईको प्रतिक्रिया