विदुर । नुवाकोटमा रहेको सुरक्षित आप्रवासन (सामी) परियोजना रोजगार प्रवद्र्धन कार्यक्रमले ३९ सय ५१ जनालाई सुरक्षित वैदेशिक रोजगार तथा सीप तालिमका विषयमा सूचना तथा परामर्श दिएको छ ।
वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित, मर्यादित, उपलब्धिमूलक एवं शोषणरहित बनाउन काम गर्दै आएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीतिगत नेतृत्व प्रदान गरेको यस परियोजनालाई प्राविधिक सहयोग भने हेल्भटास नेपालले उपलब्ध गराउँदै आएको छ ।
सामी परियोजनाले जिल्ला प्रशासन कार्यालय नुवाकोटमा सूचना तथा परामर्श कक्ष सञ्चालन गरिरहेको छ । परामर्श लिनेमा महिलाको संख्या १७ सय १८ र पुरुषको संख्या २२ सय ३३ छ ।
१० श्रावण २०७७, शनिबार १०:५३