नेकपा नुवाकोटमा पुर्व एमाले माओवादीको भागबण्डा

नुवाकोट । नेपाल कम्युष्टि पार्टी(नेकपा) नुवाकोटले विभिन्न विभागहरुको प्रमुख र उपप्रमुखहरुको जिम्मेवारी बाडफाँड गरेको छ । यसरी भएको जिम्मेवारी बाडफाँडमा पुर्व एमाले र पुर्व माओवादीलाई समान रुपमा दिइएको छ । पुर्व एमाललेले संयोजक पाएको विभागको सह संयोजकमा पुर्व माओवादी र पुर्व माओवादीले संयोजक पाएको विभागमा पुर्व एमालेलाई राखेर व्यवस्थापन गरिएको छ ।

२९ वटै विभागलाई यसै गरी टुङ्ग्याईएको नेकपाका एक नेताले जानकारी दिएका छन् । जिल्ला अध्यक्ष हिरानाथ खतिवडाको अध्यक्षतमा बसेको बैठकले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एक भएर नेकपा बनेपछि पहिलोपटक संगठित सदस्यको अनुमोदनको लागि जिल्लाबाट स्वीकृत गरी केन्द्रमा पठाइएको छ । नेकपा नुवाकोटको प्रचार विभाग प्रमुख एवं बागमती प्रदेशका सांसद बद्री मैनालीका अनुसार नुवाकोटमा नेकपाको संगठित सदस्य १५ हजार नाघेको छ । १५ हजार ७७५ जना संगठित सदस्यको नाम तय गरेर अनुमोदनको लागि पार्टीको केन्द्रीय संगठन विभागमा पठाएको छ ।

यसै बीच, पार्टी स्कूल विभागको प्रमुखमा जिल्ला अध्यक्ष हिरानाथ खतिवडा र उपप्रमुखमा यम खतिवडा, संगठन विभाग प्रमुखमा नारायणप्रसाद खतिवडा र उपप्रमुखमा गोकर्णनाथ न्यौपाने, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा बद्री मैनाली र उपप्रमुखमा सन्तोष रिजाल, कृषि तथा भूमिसुधार विभागको प्रमुखमा पशुपति कोइराला र उपप्रमुखमा केदार पुडासैनी, कोष तथा आर्थिक व्यवस्थापन विभागको प्रमुखमा विष्णु लोहनी र उपप्रमुखमा धनबहादुर मिजार, खानेपानी तथा सरसफाई विभागको प्रमुखमा कमल खतिवडा र उपप्रमुखमा शिवकुमार मिश्र तोकिएका छन् ।

जलस्रोत सिंचाई तथा उर्जा विभागको प्रमुखमा शान्ता अधिकारी र उपप्रमुखमा जयमान वाइवा, निर्वाचन विभागको प्रमुखमा बाबुराम अधिकारी र उपप्रमुखमा अर्जुन श्रेष्ठ, न्याय कानून तथा मानवअधिकार विभागको प्रमुखमा लीलानाथ न्यौपाने र उपप्रमुखमा शिवराम दाहाल, पर्यटन तथा नागरिक उड्डयन विभागको प्रमुखमा काशीराज अधिकारी र उपप्रमुखमा हरिबहादुर बस्नेत छन् । उपभोक्ता हित तथा आपूर्ति विभागको प्रमुखमा ईन्द्रबहादुर पण्डित र उपप्रमुखमा निर्मला खड्का, अर्थ तथा योजना विभागको प्रमुखमा खिलप्रसाद दवाडी र उपप्रमुखमा राजु सडौला, उद्योग तथा वाणिज्य विभागको प्रमुखमा जितेन्द्र विष्ट र उपप्रमुखमा दिलबहादुर लामा, प्रादेशिक ममला विभागको प्रमुखमा रामेश्वर खड्का र उपप्रमुखमा मिलन लामा तोकिएका छन् ।

पुस्तकालय तथा अभिलेख विभागको प्रमुखमा यमकुमार खाती र उपप्रमुखमा सुरेन्द्र अधिकारी, भौतिक पूर्वाधार तथा यातायात विभागको प्रमुखमा तेजबहादुर लामा र उपप्रमुखमा रामहरि न्यौपाने, युवा तथा खेलकुद विभागको प्रमुखमा नारायणबहादुर बस्नेत र उपप्रमुखमा बुद्धीमान तामाङ, वन तथा वातावरण विभागको प्रमुखमा रत्नबहादुर विक र उपप्रमुखमा चन्द्रबहादुर बलामी छन् ।

विज्ञान तथा प्रविधि विभागको प्रमुखमा भोला सेढाई र उपप्रमुखमा रामेश्वर भण्डारी, शिक्षा तथा मानवस्रोत विभागको प्रमुखमा विष्णुबहादुर बोगटी र उपप्रमुखमा पार्वती प्याकुरेल, श्रम तथा रोजगार विभागको प्रमुखमा मंगलमाया प्रजापती र उपप्रमुखमा बेधनिधी मुडभरी, समाजकल्याण विभागको प्रमुखमा लोचन नेपाल र उपप्रमुखमा गणेशप्रसाद खतिवडा, सहकारी तथा गरिबी निवारण विभागको प्रमुखमा अरुणकुमार श्रेष्ठ र उपप्रमुखमा नमराज ओझा छन् ।

सामान्य प्रशासन विभागको प्रमुखमा मुकुन्द आचार्य र उपप्रमुखमा सीता खतिवडा लामा, साहित्य तथा कला संस्कृति विभागको प्रमुखमा टलकमान श्रेष्ठ र उपप्रमुखमा ईन्द्रबहादुर मगर, स्थानीय तह विभागको प्रमुखमा बुद्धीबहादुर प्रधान र उपप्रमुखमा कविता ढुंगाना, स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा गमला श्रेष्ठ र उपप्रमुखमा विन्दुमाया तामाङ, महिला विभागको प्रमुखमा कल्पना रिमाल र उपप्रमुखमा आशामाया तामाङ र शहरी विभागको प्रमुखमा मानबहादुर तामाङ र उपप्रमुखमा श्याम तामाङ तोकिएका छन् ।

११ श्रावण २०७७, आईतवार १७:१९



तपाईको प्रतिक्रिया