सकडभरि पाँच सय र हजारका नोट

विदुर । नुवाकोट प्रहरीले बाटोमा फेला परेको दुई लाख ४४ हजार सम्वन्धित व्यक्तिलाई जिम्मा लगाएको छ । हिजो साँझ विदुर नगरपालिका वडा नं. ६ ईनारपाटीमा सडकभरी पैसा फेला परेको थियो । स्थानीय दुई महिलाले सडकमा धेरै संख्यामा नोट पैसा भेट्न थालेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार स्थानीय सरस्वती सडौला र कमला केसीले सकडभरी पैसा भेटिएको र कसको हो भन्ने पहिचान नभएकोले ततकालै आउन प्रहरीलाई खबर गरेका थिए । सडकमा छरिएको पैसा टिप्दै जाँदा प्रहरी एक पुरुष अचेत अवस्थामा लडिरहेको ठाउँसम्म पुगेको थियो ।

नाम ठेगना नखुलेको एक अधबैशे पुरुष लडेको ठाउँसम्म पुगेर पैसा छरिएको थियो । सडकमा भेटिएको पैसा दुई लाख ४४ हजार २० रुपैयाँ रहेको बताइएको छ । अचेत अवस्थामा रहेका ति व्यक्तिको त्रिशुली अस्पतालमा उपचार पछि पहिचान खुलेको थियो । मदिरा सेवनले अचेत बनेका उनले एक लघु वित्तबाट रकम निकालेर घर जना लाग्दा पैसा छरिएको प्रमाणित भएको प्रहरीले जनाएको छ । बेलकोगढी नगरपालिका वडा नं. ७ का ति दलित पुरुषले देविघाटबाट रकम निकालेर झोला राखी घर जानुको सट्ट विदुर तर्फ आएका थिए । अधिक मदिरा सेवनका कारण उनले रकम खसालेको प्रहरीको अनुमान छ ।

हिजो नै नुवाकोटल प्रहरीले उनको श्रीमती सीता (परिवर्तित नाम) दमाईलाई कार्यालयमा बोलाई रकम हस्तान्तरण गरेको छ । ति ४१ बर्षिया राम (परिवर्तित नाम) दमाईले उक्त रकम आफ्नो बचतबाट निकाले या ऋण लिएका हुन् भन्ने चाँही खुलेको छैन । कत्ति रुपैयाँ थियो र कत्ति सकडमा खसेको हो पनि खुलेको छैन । तर प्रहरीले उनको सबै रकम भेटिएको र अन्य रकम हराएको दावी नगरेको बताएको छ । झोलाभरी पैसा भएको खुसीमा अत्याधिक मदिरा सेवन गर्दा उनको यो अवस्था भएको प्रहरीले दावी गरेको छ । उनलाई हिजो नै श्रीमतीले रकमसहित प्रहरी कार्यालयबाट बुझेर घर लगेका छन् ।

सकडभरी पैसा देख्दा पनि नटिपेर प्रहरीलाई खबर गरेको भन्दै ति स्थानीय महिलाहरुको नुवाकोट प्रहरीले प्रशंसा गरेको छ । हजार र पाँच सयका नोट सकडभरी असरल्ल देखिदा पनि अरुलाई समेत टिप्न नदिएर प्रहरी बोलाई जिम्मा लगाउने इनारपाटीका सरस्वती सडौला र कमला केसीको अहिले चर्चा भइरहेको छ ।

१३ श्रावण २०७७, मंगलवार ०९:०५



तपाईको प्रतिक्रिया