काहुले । किस्पाङ गाउँपालिकाले शारिरिक रुपमा अपाङ्गता भएका नागरिकहरुलाई घरघरमै ह्विल चियर, शैक्षिक सामाग्री र आर्थिक सहयोग पु-याएको छ ।
अपाङ्गता मानव अधिकार मञ्चको समन्वयमा गाउँपालिकाका अध्यक्ष छत्र लामाले घरमा नै पुगेर ५ जनालाई ह्विल चियर दिए । ८ जना विद्यार्थीको पनि घरमा नै पुगेर शैक्षिक सामाग्री प्रदान गरेको छ । लामाका अनुसार ३० जना शारिरिक रुपमा अपाङ्गता भएकाहरुलाई आर्थिक सहयोग पनि गरिएको छ । एक लाख तीस हजार रुपैयाँ ३० जनालाई आवश्यकताको आधारमा वितरण भएको उनले जानकारी दिए ।
१४ श्रावण २०७७, बुधबार ०८:५१