तारकेश्वर गाउँपालिकाकै १६ जना

त्रिशुली । नुवाकोटमा हिजो एक जना थपभएसंगै कोरोना संक्रमितको संख्या ३८ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पिसिआर परीक्षणको क्रममा तारकेश्वर गाउँपालिकाका ३१ वर्षिय पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमित बिरामीलाई त्रिशुली अस्पतालमा राखिएको छ भने अन्य आइसोलेशनमा रहेका बिरामीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिएका छन् । योसंगै तारकेश्वर गाउँपालिकामा मात्रै कोरोना संक्रमितहरुको संख्या १६ पुगेको छ ।

अहिलेसम्म नुवाकोटमा ३४ जनाले कोरोनालाई जितेर घर गएका छन् । अहिले त्रिशुली अस्पतालमा ३ जना र सशस्त्र प्रहरीको काठमाडौं स्थित कोरोना अस्पतालको आइसोलेसन वार्डमा नुवाकोटका १ जना छन् ।

१४ श्रावण २०७७, बुधबार ०९:२७



तपाईको प्रतिक्रिया