आठजना पत्रकार सम्मानित हुँदै

विदुर । विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) को समयमा सञ्चार क्षेत्रमा उत्कृष्ट काम गर्ने नुवाकोटका आठजना पत्रकारलाई नेपाल पत्रकार महासङ्घ नुवाकोटले कदर गर्ने भएको छ ।

गत चैत १२ गतेदेखि जारी बन्दाबन्दीबाट निरन्तर रूपमा सक्रिय पत्रकारलाई कामको उच्च सम्मान गर्दै कदरपत्र प्रदान गर्ने निर्णय भएको अध्यक्ष कपिलदेव खनालले जानकारी दिएका छन् । बन्दाबन्दीको समयमा आमसञ्चारका माध्यमबाट नागरिकलाई कोरोनासम्बन्धी सन्देश प्रदान गरेर सुरक्षित राखेको भन्दै महासङ्घले सम्मान गर्न लागेको हो । सम्मान हुनेमा त्रिशूली प्रवाह साप्ताहिकका प्रकाशक एवम् सम्पादक शरण उत्सुक सापकोटा, नुवाकोट एफएमका स्टेसन म्यानेजर श्रीराम अधिकारी, डबली खबर डटकमका सम्पादक सुनिल श्रेष्ठ, गोरखापत्र दैनिकको जिल्ला संवाददाता रामहरि गजुरेल, रेडियो नेपालका संवाददाता भोलाराज पौडेल, एभिन्युज टिभीका संवाददाता श्रीराम नेपाल, राससका संवाददाता जमुना गजुरेल र नुवाकोट पुकार साप्ताहिकका सम्पादक सुकदेव दाहाल रहेका छन् ।

पत्रकार महासङ्घले जिल्लाबाट सञ्चालित सञ्चारमाध्यमलाई पनि कदरपत्र प्रदान गर्ने भएको छ । जिल्लाबाट सञ्चालित सञ्चारमाध्यममध्ये कोभिड– १९ को विरुद्धमा विशेष भूमिका निर्वाह गरेका सञ्चारगृह परेका छन् । कदरपत्रका लागि छनोट भएका सञ्चारमाध्यममा नुवाकोट न्युज डटकम, रेडियो जालपा, रेडियो त्रिशूली, मिक्स एफएम, रेडियो चिम्टेश्वर, रेडियो सञ्जीवनी, गज्जबको रेडियो, उत्तरगया दैनिक, त्रिशूली खबर साप्ताहिक नुवाकोट एक्सप्रेस डटकम, विदुर खबर डटकम र त्रिशूली पोस्ट डटकम छन् ।

४ भाद्र २०७७, बिहीबार १५:२९



तपाईको प्रतिक्रिया