विदुर । छ वर्षिया बालिकालाई ललाई फकाई बलात्कारको प्रयास गर्ने एक अधबैशेलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ गरेको छ ।
विदुर नगरपालिका वडा नंं ९ कोलोनीका ४८ वर्षिया सुरेश श्रेष्ठ हिजो पक्राउ परेका हुन् । उनको घर छेउ निर्माण भइरहेको टिनको टहरोमा श्रेष्ठले एक बालिकालाई बलात्कारको प्रयास गरेका थिए । ति बालिकाका उनको फुपुदिदिको नौं वर्षिया छोरीले देखेपछि चिच्याएकी थिइन् । आफ्नो बहिनीमाथि फरक ब्यबहार हुनलागेको देखेपछि उनले हल्लाखल्ला गरेर श्रेष्ठलाई लखेटेका थिए । चकलेट किन्न पैसा दिन्छु भनेर ति बालिका बलात्कारको प्रयास भएको बुझिएको छ ।
वरपर कोही नभएको बेला पारेर श्रेष्ठले ति बालिकालाई अस्ती शनिवार दिउँसो १ः३० बजे निर्माणाधिन टहरोमा लगेका थिए । बहिनीलाई टहरोमा लगेको देखेरै नौं बर्षिया अर्को बालिका पछि लागेका थिइन् । उनीहरुले हल्लाखल्ला गरेपछि भागेका श्रेष्ठलाई हिजो आइतवार नुवाकोट प्रहरीले पक्राउ गरेर जिल्ला अदालत पेश गरेको छ ।
घरमै लुकेर बसेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । हिजो आइतवार नुवाकोट जिल्ला अदालतले उनी माथिको आरोपको अनुसन्धान र पुष्टि गर्नका लागि प्रहरीलाई सात दिनको म्याद दिएको छ ।
१५ भाद्र २०७७, सोमबार १२:५६