नुवाकोट बारको अध्यक्षमा राजाराम थपलिया

विदुर । नेपाल बार एशोसिएसन नुवाकोट जिल्ला अदालत बार एकाईमा शुक्रवार नयाँ कार्य समिति चयन भएको छ । वकिलहरूको छाता संस्था बार एशोसिएसनको नुवाकोट अध्यक्षमा अधिवक्ता राजाराम थपलिया चयन भएका छन् । सर्वसम्मत रुपमा चयन भएको नयाँ कार्यसमितिको उपाध्यक्षमा रिता लामिछाने, सचिवमा कुमार अधिकारी, सह सचिवमा गरिमा पाण्डे र कोषाध्यक्षमा कृष्णलाल श्रेष्ठ छन् ।

कार्य समितिका सदस्यहरूमा द्धारिका पाण्डे, नागार्ज‘न सिंह, बासुदेव रिजाल र नवदीप श्रेष्ठ छन् । रामेश्वर उपाध्याय र उत्तम घिमिरे केन्द्रीय कार्यकारिणी परिषद् सदस्य (केन्द्रिय पार्षद्) चयन भएका छन् ।

यो कार्यसमितिको कार्यकाल दुई वर्षको हुनेछ । यस अघि देवराज कँडेलको अध्यक्षतामा दुई कार्यकाल नुवाकोटर बार सञ्चालन भएको थियो । नुवाकोट बारले आफ्नै जग्गामा साढे दुई तल्ले भवन निर्माण सम्पन्न गरिसकेको छ ।

यसै बीच, संघीय सांसद नारायणप्रसाद खतिवडाले बारको साधारण सभा तथा अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पैसाको अभाबले कुनै ब्यक्ति न्यायबाट बञ्चित हुनु पर्ने अबस्था नल्याउन आग्रह गरेका छन् । कार्यक्रममा सभापति एवं बारका निर्वतनमा अध्यक्ष देवराज कँडेलले न्याय महङ्गो हुँदै गएपनि आर्थिक अभाबमा रहेका नागरिकलाई सहजिकरण गर्न नुवाकोट बार, जिल्ला अदालत लगायतबाट सम्बोधन हुँदै आएको बताए ।

२९ मंसिर २०७७, सोमबार १०:२०



तपाईको प्रतिक्रिया