विदुर । आन्तरिक पर्यटक नुवाकोटमा भित्राउन भौगोलिक अवस्था र यहाँको रहनसहन उत्कृष्ट रहेको चेम्वर अफ कमर्सका केन्द्रिय अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् ।
नुवाकोट चेम्बर अफ कमर्सको दोस्रो वार्षिक साधारण सभालाई विदुरमा सम्वोधन गर्दै उनले गल्छि त्रिशुली सडक खण्डले नुवाकोटसम्म आइपुग्न सहज भएको हुनाले पर्यटकहरूलाई अलमल्याउने माध्यमहरूको खोजी गर्नु आवश्यक रहेको बताए । उनले अत्यान्तै उर्वरा भुमी नुवाकोटको प्राय : स्थानमा कृषि मेलाको सम्भावना अत्याधिक रहेको समेत बताएका छन् ।
यस्तै राष्ट्र निर्माणको लागि निजि क्षेत्रको योगदान रहेकोले नुवाकोटलाई व्यवसायिक हव बनाउन सरोकारवाला पक्षको योगदान अमुल्य हुने चेम्बर अफ कमर्स वागमती प्रदेशका अध्यक्ष कृष्णमान श्रेष्ठले बताए ।
नुवाकोट चेम्वरले जिल्लालाई सम्वृद्ध बनाउनका लागि आर्थिक समृद्धिको आधार, व्यवसाय प्रवर्धनको लागि पुर्वाधार भन्ने नारा लिएको छ ।
२० माघ २०७७, मंगलवार ०९:०७