दुई वर्षमा पनि हटेन सम्भावित जोखिम

फाइल फोटो

घ्याङ्फेदी । बर्खायाम सुरु हुँदै गर्दा दुप्चेश्वर गाउँपालिकामा रहेको जोखिमपूर्ण ढुङ्गा व्यवस्थापनका लागि जनप्रतिनिधिहरुले चासो दिएका छन् । जनप्रतिनिधि र सरोकारवालाको स्थलगत अध्ययन र निर्देशनपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले अतिजोखिम भनी एक वर्ष अघि नै गृह मन्त्रालयमा पत्राचार गरी ताकेता गरेपनि ढुङ्गा ब्यवस्थापनको काम हुन सकेको छैन ।

दुप्चेश्वर गाउँपालिका १ नेगीखोला उत्तरतर्फ करिब १ किलोमिटरमाथि टापुमा रहेको पाल्छोङ ऊ नामको १० लाख टन बराबरको ढुंगा शिलामाथि छ । उक्त ढुङ्गा गत वर्षको वर्षात्मै केही भाग सरेपछि प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो । तर अहिलेसम्म व्यवस्थापन र विस्थापित नागरिकको उपयुक्त बसोबासको प्रबन्ध भएको छैन । स्थानीय सरकार प्रमुखको निकम्मापनका कारण नागरिकलाई जोखिम र त्रास कायमै रहेको दुप्चेश्वर गाउँपालिका एक जनप्रतिनिधिले बताएका छन् । ‘ठूलो ढुंगा व्यवस्थापन गर्न गृहमन्त्रलयलाई अनुरोध गरेको र उक्त कार्यको लागि तत्कालिन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले बारम्बार ताकेता गर्दा पनि न गृहमन्त्रालयले ढुंगा व्यवस्थापन गर्न ध्यान दियो न प्रदेश सरकारबाट प्राप्त ३० लाख रुपैयाँको काम गर्न गाउँपालिकाले तत्परता देखायो’ उनले भने ।

जोखिम युक्त ढुङगा ब्यबस्थापनको लागी बाग्मती प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट ब्यबस्थापन गरेको थियो । तर गाँउपालिका अध्यषले ढुङगा ब्यबस्थापन भन्लदा पनी उपभोक्ता समितिमा आफ्ना कार्यकर्ताहरु नरहेको भन्दे काम गर्न आलटाल गर्दै आएका छन् । गाँउपालिका अध्यक्ष योबिन्द्रसिङ तामाङल उपभोक्ता समितिमा आफ्नो कार्यकर्ता नपरेकाले काम गर्ने भनी गएकाहरुलाई समेत बिभिन्न बाहानामा अलमल्याउने र काममा ढिलाइ गर्ने किाम गर्दै आएका छन् ।

उनका अनुसार ठूलो ढुङ्गा व्यवस्थापन गर्न ४५ लाख रुपैयाँ लागत अनुमान रहेको छ । स्थानीय सरकारसँग पर्याप्त बजेट नहुँदा आफूले केन्द्र सरकार र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पटक पटक ताकेता गरे पनि बजेट व्यवस्थापन गर्न नसक्दा ढुंगा व्यवस्थापन कार्य समयमै हुन नसकेको हो । पछिल्लो बुधबार सरकारले ढुंगा व्यवस्थापनका लागि बजेट छुट्याएको सुनिए पनि कति मात्रा भन्ने औपचारिक रुपमा जानकारी भने आएको छैन । मन्त्रिपरिषदको बैठकले जोखिम युक्त ढुङ्गाको ब्यबस्थापन गर्न आबाश्यक बजेट बिनियोजन गर्ने निर्णय गरेको थियो ।

गत सालको वर्षातमा माओवादी केन्द्रका नेता तथा त्यस क्षेत्रका जनप्रतिनिधिहरु हितबहादुर तामाङ र राधिका तामाङले सीसीबु क्षेत्रका जोखिमपूर्ण बस्तीको प्राविधिक अध्ययन, नागरिकलाई सुरक्षित स्थानमा सार्ने र पटक पटक ट्रेन्ट तथा अन्य राहत सामग्रीको वितरण गरेका थिए ।

सिन्धुपाल्चोकको मेलम्ची बजारमा मंगलबार राति बाढीले बबण्डर मच्चाएपछि सरकारले बुधबार विपद् न्यूनकरणका लागि बजेट छुटाउँदा नुवाकोटको दुप्चेश्वरलाई पनि समेटेको छ । पाल्छोङ ऊ (ओडार) नाम गरेको ढुङ्गाको ओडारमा स्थानीय किसानहरुले गत गाई गोरु र बाख्रा बाध्ने, घाँस दाउराहरु राख्ने गरेका थिए ।

उक्त ओडार खुम्चिएर किसानले राखेको दाउरा च्यापिएको र ओडार भित्रपट्टीका ढुङ्गाहरु चर्किएको उत्तर तर्फको भित्ता र ढुंगा करिब २/३ फिटको दुरीमा छुटिइसकेको थियो । ठूलो वर्षा र भूकम्प आएमा कुनै पनिबेला ढुंगा पल्टिन सक्ने र ठुलो क्षति हुन सक्ने खतरा कायमै छ । उक्त ढुङ्गा पल्टेको स्थितिमा नेगीखोलास्थित एक सूर्यमति आधारभूत विद्यालय भवन र २८ घर परिवार र ढुङ्गाभन्दा माथिल्लो गाउँ बोतगाङ र हेजीको बस्तीलाई तत्कालै प्रत्येक्ष असर आकलन गरिएको छ ।
ढुङ्गा ज्यादै ठूलो भएकोले यदि उक्त ढुंगा पल्टेको अवस्थामा सयौं मिटर वरपर कम्पन हुने र त्यतिबेला चारैतिर पहिरो जाने, डाँडा पाखाहरु बग्ने एवम् घन्टौघण्टा खोला थुनिने तथा त्यसपछिको क्षति के कति हुन्छ भन्ने अनुमान गर्न सकिने अवस्था नरहेको स्थानीयहरुले बताएका छन् ।

५ असार २०७८, शनिबार १६:१६



तपाईको प्रतिक्रिया