५८० वर्षयताकै लामो चन्द्र ग्रहण

विदुर । यो वर्ष सन् २०२१ को अन्तिम चन्द्र ग्रहण लाग्दैछ । पछिल्लो ५८० वर्षमा पहिलोपटक यति लामो खण्डग्रासचन्द्र ग्रहण लाग्दैछ । यसअघि सन् १४४० को फेब्रुअरी १८ मा सबैभन्दा लामो चन्द्रग्रहण लागेको थियो । आजको चन्द्र ग्रहणपछि अब ८ फेब्रुरुअरी २६६९ का दिनमात्र यस्तो लामो चन्द्रग्रहण लाग्नेछ ।

यो चन्द्र ग्रहण तीन घण्टा २८ मिनेट २४ सेकेण्ड लामो हुनेछ भने आज दिउँसो एक बजे उच्च विन्दुमा पुग्ने छ । यो पटकको चन्द्रग्रहणमा चन्द्रमाको ९७ प्रतिशत भाग ढाकिनेछ । चन्द्र ग्रहण एसिया, अमेरिका, उत्तरी युरोप, अष्ट्रेलिया तथा प्रशान्त महासागरीय क्षेत्र लगायतबाट देखिनेछ । यो ग्रहण दिउँसो १ बजेर ३ मिनेटबाट दिउँसो ४ बजेर ३२ मिनेटसम्म रहनेछ ।

ज्योतिष शास्त्रमा चन्द्र ग्रहणलाई निकै महत्वपूर्ण मानिन्छ । खगोल विज्ञान अनुसार सूर्य र चन्द्रमाको बीचमा पृथ्वीमा पर्दा चन्द्र ग्रहण लाग्दछ । तर धर्मशास्त्र अनुसार राहु र केतुले चन्द्रमालाई समाउँदा चन्द्र ग्रहण लाग्ने गर्दछ ।

विज्ञान अनुसार भने सूर्य र चन्द्रमाको बीचमा पृथ्वी गएको बेला सूर्यको प्रकाश चन्द्रमामा पर्न पाउँदैन र पृथ्वीको छायाँ पर्दछ । त्यहीँ खगोलीय घटनालाई चन्द्र ग्रहण भनिन्छ । चन्द्र ग्रहण पूर्णिमाको दिनमा मात्र लाग्दछ ।

के गर्ने के नगर्ने ?

ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ हुने धार्मिक विश्वास छ । त्यसैले यो बेलामा गंगा स्नान, जप, हवन, पाठपारायण, दान, धर्म गरेमा अरू बेलामा गरेको भन्दा अधिक फल प्राप्त हुने मान्यता छ ।

चन्द्र ग्रहणका बेला सुतेमा रोग लाग्ने, पिसापिसाव गरेमा दरिद्र हुने, त्यसपछि दिसापिसावको किरोको योनीमा जन्म हुने धार्मिक विश्वास छ । यस्तै यो बेलामा मैथुन गरेमा गाउँको सुँगुर भएर जन्मने, शृङ्गार वा गाजल लगाए कुष्ट रोगी हुने, भोजन गरेमा अधोगति पतन हुने, बन्धनमा बसे सर्पको योनि हुने र कसैलाई मारेमा वा आफू मरेमा नरकमा जाने धार्मिक विश्वास छ ।

विज्ञान ग्रहण लागेको बेलामा ब्याक्टोरीयाको कीटाणु घुम्ने हुँदा खाना खान नहुने र स्नान गर्नु पर्ने मान्यता राख्दछ । ग्रहणको बेला घर भित्रै बसेको राम्रो मानिन्छ । यसै गरी फूल टिप्न, कपाल काट्न, नुहाउन, कपडा धुन, ब्रस गर्न, दूध दुहुन र सुत्न नहुने मान्यता छ ।

ग्रहणको समयपछि घर मन्दिर वा पूजा कोठा सफाइ गर्नुपर्ने र मूर्तिहरूमा जल फेर्नु पर्ने शास्त्रमा उल्लेख छ । ग्रहण समयमा पूजा गर्नु हुँदैन। मन्दिरमा पनि ग्रहणको समयमा पूजा पाठ बन्द गर्नु पर्छ । यो समयमा केही मन्त्र भने जप गर्न सकिने शास्त्रमा उल्लेख छ ।

३ मंसिर २०७८, शुक्रबार १०:०७



तपाईको प्रतिक्रिया