नेकपा समाजवादी र नेकपा जनवादीबीच एकता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी)बीच आज पार्टी एकता भएको छ । एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा एससँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वमा बनेको नेकपा जनवादीबीच एकीकरण भएको हो ।

तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा जनवादी गठन गरेका थिए । राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै दलका अध्यक्षले सम्बोधन गरेका छन् । पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिती थियो ।

१३ पुष २०७८, मंगलवार १६:१४



तपाईको प्रतिक्रिया