२३ जना घर फर्किए

विदुर । नुवाकोटमा कोरोना संक्रमित २३ जना निको भएर घर फर्किसकेका छन् । हिजो मात्रै दुई जनामा कोरोना भाइरसको संक्रमण फेला परेपछि नुवाकोटमा कोरोना संक्रमित हुनेको संख्या भने ३४ भएको छ ।

ति मध्ये ११ जनाको उपचार भइरहेको छ । हिजो भेटिएको दुई जना नयाँ संक्रमित तारकेश्वर गाउँपालिकाका हुन् । उनीहरुलाई त्रिशुली अस्पतालको आइसोलेसनमा राखिएको छ । ३ जना खरानीटार अस्पतालमा छन् । १ जना पाटन अस्पतालमा र ७ जना त्रिशुली अस्पतालको आइसोलेसनमा कोरोनाको उपचार गराइरहेका छन् ।
यसै बीच, त्रिशुली अस्पतालमा कोभिड–१९ को उपचारका लागि १० बेड थपिदै छ । जिल्ला संकट ब्यबस्थापन केन्द्रको निर्णय अनुसार बेड थपिन लागेको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालका अनुसार अब विदेशबाट आउनेहरुको संख्या बढ्न सक्ने भएकोले कोभिड–१९ नियन्त्रणका लागि उच्च सावधानी र पुर्व तयारी थालिएको हो । थप विवरण पत्रकार सुजित भण्डारीसंग उनले गरेको कुराकानीमा सुन्नुहोस् ।

३ श्रावण २०७७, शनिबार १३:५४



तपाईको प्रतिक्रिया