समुन्द्रटार । दुप्चेश्वर गाउँपालिकाको वडा नं. १ मा विभिन्न समयमा प्राकृति प्रकोप र आगलागीबाट क्षती व्यहोरेका नागरिकहरुलाई राहत सामाग्री र नगद प्रदान भएको छ ।
आगलागी पिडित सन्जासिंह तामाङ, प्राकृतिक प्रकोप पिडित दिलकुमारी पण्डित, दामोदर पण्डित, विष्णुमाया पण्डित, दगबहादुर पण्डितलाई जिल्ला दैविक प्रकोप उद्धार समितिबाट सामाग्री र नगद उपलब्ध गराइएको हो ।
त्यस्तै उनीहरुलाई आजनै रेडक्रस सोसाइटी दुप्चेश्वर शाखाको तर्फबाट मन्डी र त्रिपाल उपलब्ध गराइएको छ ।
८ श्रावण २०७७, बिहीबार २१:५७