जुगल गाउँपालिकामा ३७ घर पुरियो, ३८ जना वेपत्ता (फोटो फिचर सहित)

विदुर । सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा ३७ वटा घर पुरिएका छन् । ३८ जना पहिरोमा वेपत्ता छन् ।

आज बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । १५ जना भने पहिरोबाट निस्किएर आफैं लप्सीचौरमा पुगेर बसेका छन् ।

सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको जुगल गाउँपालिका पुगेका छन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत सापकोटा पहिरो गएको क्षेत्रमा निरीक्षणका लागि उनी गएका हुन् ।

घटनास्थलमा नेपाली सेनाको झिर्पु सुरक्षा वेसबाट उद्दारका लागि सह–सेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित छ ।

तस्बिरहरु : सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेको फेसबुकबाट

३० श्रावण २०७७, शुक्रबार १६:०१



तपाईको प्रतिक्रिया