प्रहरी कार्यालयका लागि भवन

विदुर । विदुर नगरपालिका–१ सिमुटारमा अस्थायी प्रहरी पोष्टको भवन निर्माण भएको छ । लामो समयदेखि जस्ताको कटेरोमा रहेको प्रहरी पोष्टलाई व्यवस्थित गर्न विदुर नगरपाकिलाले रकम खर्चे हो ।

जिल्ला प्रहरी कार्यालय र विदुर नगरपालिकाको सहकार्यमा निर्माण भएको आवास र कार्यालय भवनमा १२ लाख ४८ हजार खर्च भएको छ । २०७२ साल असोज २८ गते त्यहाँ अस्थायी प्रहरी चौकी स्थापना भएको थियो । स्थापनादेखि जस्ता र बोराले बारेर बसेका प्रहरीहरुलाई यसबाट कार्यसम्पादनमा सहजता मिलेको छ ।

विदुर नगरपालिकाको नाममा रहेको जग्गामा नगरपालिकाले नै अस्थाई प्रहरी पोष्टको लागी भवन निर्माण गरिदिएको हो ।

१० भाद्र २०७७, बुधबार २२:३६



तपाईको प्रतिक्रिया