विदुर । संघीय सांसद नारायणप्रसाद खतिवडाले कोरोना भाइरसले निम्ताएको जोखिमपूर्ण अवस्थालाई संक्रमण रहित वातावरण सिर्जना गर्न सबै नागरिक सक्षम रहेको बताए ।
विज्ञ, स्थानीय प्रशासन, स्थानीय सरकार लगायतको सल्लाह, सुझाव, अनुरोध र आदेशलाई अपनाउदै व्यक्ति आफै संयमित भएको खण्डमा कोरोना भाइरस जस्तो महामारीलाई सजिलै जित्न सकिने सांसद खतिवडाले बताएका हुन् । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र तथा स्थानीय सरकारको बैठकले बर्तमान परिस्थितिलाई मनन गर्दै निर्णय गरे अनुसार बन्दाबन्दीको पालना गर्दै स्वास्थ्य सम्वन्धी सल्लाहलाई अनुशरण गर्न सबै नागरिकलाई उनले अपिल गरेका छन् ।
तत्कालको चुनौती भनेकै बाच्नु रहेको भन्दै सांसद खतिवडाले विकासात्मक देखि अन्य उन्नतीको कार्य जीवन रहे सम्भव रहेको समेत उनले बताए । जिल्लावासीको लागि सम्वोधन गर्दै सार्वजनिक गरिएको अपिल पत्रमा संघीय सांसद खतिवडाले व्यक्तिव्यक्ति बीचको दुरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग गर्न सबै नागरिकलाई आग्रह गरेका छन् । संक्रमितका परिवार र छिमेकीलाई न्यूनतम दुरी कायम गरी आवस्यक सहयोग तथा हौसला प्रदान गर्नु मानवीय धर्म रहेको उनको भनाई छ ।
९ भाद्र २०७७, मंगलवार १२:४९