रोकिएन काँग्रेसको भेला

नुवाकोट । कोभिड–१९ को संक्रमण फैलदो रहेको र नुवाकोटको २० वटा वडामा अझै निषेधाज्ञा जारी रहेपनि काँग्रेसको राजनीतिक गतिविधिहरु रोकिएको छैन ।

मानिसहरु जम्मा गर्ने, पार्टी प्रवेश गराउने तथा सदस्यता वितरणलाई नुवाकोट काँग्रेसले निरन्तर गरिरहेको छ । आज सुर्यगढी गाउँपालिका वडा नं. ५ मा कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा काँग्रेसले भेला र कार्यक्रम गरेको छ । हल्देकालिका र गणेस्थानको मध्येमाग नौविसेमा यसरी मानिसहरु जम्मा भएको तस्विर स्थानीयहरुले पठाएका छन् । यस विषयमा जिल्ला प्रशासन कार्यालय नुवाकोटमा समेत उजुरी पुगेको बुझिएको छ ।

यस अघि पनि सुर्यगढीमा काँग्रेसले मानिसहरु जम्मा गरेर पार्टी प्रवेश गराएको, सदस्यता वितरण गरेको भनेर स्वास्थ्य मापदण्डको उपाहास भएको भन्दै टिप्पणी भएको थियो ।

१० भाद्र २०७७, बुधबार २१:२९



तपाईको प्रतिक्रिया