विदुर । निजामती कर्मचारीहरुको आधिकारी ट्रेड युनियनको निर्वाचन असोज २४ गते हुने भएको छ । त्यसका लागि जिल्ला निर्वाचन कार्यालय नुवाकोटमा स्थापना भएको छ । सरकारी वकिलको कार्यालयका प्रमुख गोपालप्रसाद ढकाललाई जिल्ला निर्वाचन अधिकृत तोकिएको छ ।
बिहिवार निर्वाचन अधिकृतको कार्यालय सरकारी वकिलको कार्यालयमा स्थापना भएको छ । ३ गते मतदाता नामावली तयार गरेर केन्द्रमा पठाइने निर्वाचन अधिकृत ढकालले जानकारी दिए । उनका अनुसार १३ गते अन्तिम नामावली प्रकाशन हुने र १४ गते उम्मेदवारी दर्ता हुने छ ।
२ आश्विन २०७७, शुक्रबार ०८:३६