निजामती कर्मचारी अध्यक्षमा पुष्कर शर्मा

विदुर । पुष्कर शर्मा रिमाल नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति नुवाकोटको अध्यक्ष चयन भएका छन् । उनी बिदुर नगरपालिकाको बरिष्ठ कार्यक्रम अधिकृत हुन् ।

बिहिवार विदुरमा सम्पन्न जिल्ला भेलाले उनलाई सर्वसम्म रुपमा जिल्ला अध्यक्षमा चयन गरेको हो । उपाध्यक्षमा सरला श्रेष्ठ, सचिवमा प्रेमबहादुर लामा, सहसचिवमा माधवप्रसाद पाण्डे र कोषाध्यक्षमा पार्वता बोहोरा चयन भएका छन् ।

कार्यसमितिको सदस्यहरुमा नवराज कार्की, खडानन्द घिमिरे, पुष्पवहादुर बस्नेत, रामवहादुर खड्का, चन्द्र प्रकाश शर्मा, किरण डंगोल, रामहरी खनाल, भैरव घिमिरे, नारायणजी राई, सुन्दर भण्डारी, दिवाकर न्यौपाने, लिलवहादुर श्रेष्ठ र केशरमणी पन्थी छन् ।

२ आश्विन २०७७, शुक्रबार ०९:५७



तपाईको प्रतिक्रिया