विदुर । संविधान दिवसको अवसरमा शनिवार नुवाकोटमा मदन भण्डारी फाउण्डेशनले चियापान र प्रवचन कार्यक्रम सम्पन्न गरेको छ ।
सरकारको आह्वान अनुसार संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउनका लागि कार्यक्रमको आयोजना गरिएको फाउण्डेसनका जिल्ला अध्यक्ष बिन्दा ढुङ्गानाले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि नेकपा नुवाकोटका अध्यक्ष एवं बागमती प्रदेश सांसद हिरानाथ खतिवडाले लामो प्रतीक्षा र बलिदानी पछि प्राप्त संविधानले नागरिकहरुको सुरक्षा गर्नुका साथै सम्वृद्ध नेपाल निर्माणमा भूमिका खेल्ने बताए ।
नेकपाका बागमती प्रदेश प्रमुख सचेतक एवं मदन भण्डारी फाउण्डेशन बागमतीका अध्यक्ष केशवराज पाण्डेले संविधान दिवसका अवसरमा सबै नागरिकले उत्सव मनाउनुपर्ने बताए । बागमती प्रदेश सभाका सदस्य एवं नेकपा नेपा बद्री मैनालीले पछिल्लो राजनीतिक उपलब्धिका रुपमा संविधान आएको भन्दै त्यसको कार्यान्वयनका लागि तीनै तहको सरकार र राजनीतिक कार्यकर्ताले भूमिका खेल्नुपर्ने बताएका छन् ।
कार्यक्रममा नेकपा बागमती प्रदेशका सदस्यहरु रामशरण प्याकुरेल, सुभद्रा नेपाल, ठाकुर गजुरेल, बेलकोगढी नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनाल, नेकपाका जिल्ला नेताहरु शिब मिश्र, कृष्णबहादुर प्याकुरेल लगायतले मन्तब्य राखेका थिए ।














४ आश्विन २०७७, आईतवार ०८:२९