विदुर । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी बीचको एकता पछि सुरु भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) नुवाकोट कमिटि गठन प्रक्रिया एकसरो टुङ्गिएको छ ।
पार्टी एकता भएको लामो समय बित्दा समेत अनेरास्ववियू नुवाकोटको जिल्ला कमिटि गठन हुन सकेको थिएन । शनिवार जिल्ला कमिटीको एकसरो नाम सार्वजनिक भएको हो । संयोजक र सह संयोजकले संयुक्त प्रेस विज्ञप्ती जारी गरेर नाम सार्वजनिक गरेका छन् ।
विष्णु दाहालको संयोजकत्वमा ६१ सदस्यिय जिल्ला कमिटी गठन भएको छ । सहसंयोजकमा बिनोद कोइराला छन् । सात सदस्यीय कार्यालय सदस्यमा संयोजक र सहसंयोजक सहित रिपेश तिवारी, राजन ढकाल, विष्णुहरि रिमाल ‘सत्य’, राजेन्द्र पनेरू, निराजन बोगटी प्रशान्तजङ्ग पाण्डे, विवश धिताल तोकिएका छन् ।
विद्यार्थी नेताहरु धेरै छुटेको भन्दै विद्यार्थी र नेकपाकै नेताहरुले यसमा आबाज उठाउँदै आएका छन् । उनीहरुले विद्यार्थी संगठनको एकता प्रक्रृया अपुरोध रहेको टिप्पणी गरेका छन् ।
१९ आश्विन २०७७, सोमबार १९:१६