शहिद बासुदेव रिमाल स्मृति दिवस

विदुर । नुवाकोटका जनयुद्धका शहिद बासुदेव रिमाल (निर्दाेष) को १६ औं बार्षिक स्मृति दिवस तथा श्रद्धाञ्जली सभा सम्पन्न बुधवार भएको छ ।

स्मृती सभालाई सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टी नेकपाका नुवाकोट अध्यक्ष एवं बाग्मती प्रदेशका सांसद हिरानाथ खतिवडाले शहिद बासुदेव रिमाल स्वस्छ छवी, क्रान्तिकारी र निःस्वार्थ भावनाको ब्यक्ति रहेको बताए । जनताको मुक्ती र स्तन्त्रताको लागी नयाँ जनवादी गणतन्त्र स्थापना गर्न लड्ने एक कुशल योद्धाको रुपमा पार्टीले उनको सम्मान गरिरहने खतिवडाले बताए ।

कार्यक्रममा नेकपा बाग्मती प्रदेश कमिटी सदस्य पुष्प लामीछाने ‘अरुण’ले खरो र निर्भिक चरित्रका सहिद बासुदेव रिमालले बर्ग संघर्षमा पु-याएको योगदान अतुलनिय रहेको उल्लेख गरे ।

कार्यक्रममा नेकपा बाग्मती प्रदेश सदस्य सुभद्रा नेपाल, नेकपा नेकपा क्षेत्र नं. २ का संयोजक राजकुमार रेग्मी ‘सन्देश’ विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डित, तारकेश्वर गाउँपालिकाका अध्यक्ष रमेशबहादुर वस्ती, गाउँपालिका उपाध्यक्ष तारदेवी रिमाल, नेकपा जिल्ला सचिवालय सदस्य राजकुमार रेग्मी ‘सन्देश’, रामचन्द्र पौडेल, गोकर्णनाथ न्यौपाने ‘गजेन्द्र’, रामकृष्ण खड्का, सम्मरबहादुर आलेमगर, नेपाली काँग्रेसका केशबराज अर्याल लगायतले सहित बासुदेव रिमाल जनप्रिय, यथार्थवादी, र क्रान्तिकारी रहेको उल्लेख गरे ।

देशमा माओवादी जनयुद्धले उचाई लिईरहेको अवस्था तत्कालिन गाविस उपाध्यक्ष पदबाट राजिनामा दिएर शहिद रिमाल जनयुद्धमा होमिएका थिए । उनको स्मृति संस्थाले विदुर नगरपालिका वडा नं. ३ को माझिडाडाँ स्थित बासु स्मृति पार्कमा स्मृतिसभा तथा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको संस्थाका अध्यक्ष तथा शहिद पुत्र बच्चुराम रिमालले जानकारी दिएका छन् ।

बासुदेव रिमालको २०६१ साल असोज २१ गतेका दिन साविक तारुका गाविस ७ मा तत्कालिन शाही सेनाले गिरफ्तार गरि हत्या गरेको थियो । शहिद रिमाल सानै उमेर देखि कम्युनिस्ट आन्दोलनमा सरिक थिए । २०१७ असार ५ गते जन्मेका रिमाल २०४४ साल देखिनै तत्कालिन माले हुँदै नेकपा एमालेको राजनीतिमा सक्रिय थिए । उनी २०४९ र २०५४ सालको स्थानिय निर्वाचनमा तत्कालीन एमालेबाट खड्गभञ्ज्याङ गाविसमा उपाध्यक्ष निर्वाचित भएका थिए ।

२१ आश्विन २०७७, बुधबार २०:१३



तपाईको प्रतिक्रिया