राजतन्त्र माग्दै राप्रपा सडकमा

विदुर । राजतन्त्र तथा हिन्दुराष्ट्र पुनःस्थापनाको माग राख्दै आइतवार नुवाकोटमा प्रर्दशन भएको छ । संयुक्त राष्ट्रबादी संघर्ष समितिको आयोजनामा विभिन्न ९ संघसंस्थाले राजा सहितको हिन्दु राज्य पुनःस्थापनको माग गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा कार्यकर्ताहरुले विदुरदेखि बट्टारसम्म -याली गरेर प्रर्दशन गरेको छ । भ्रष्टाचार, अनुसासनहिनता र लुटतन्त्रको चर्का नाराबाजी भएको छ । त्यसका साथै गणतन्त्रको विरुद्धमा पनि नाराबाजी भएको छ । -यालीमा सहभागिहरुले संघीयता खारेजीको समेत माग गरेका छन् । ‘राजा आउ देश बचाउ, हिन्दु राज्य कायम गर’ लगायतका नारा चर्को लागेको थियो ।

विदुरको लोकतान्त्रिक चौतारोबाट सुरु भएको -याली बट्टार स्थित नुवाकोट आर्दश बहुमुखी क्याम्पस अगाडी पुगेर कोणसभामा परिणत भएको थियो । कोण सभालाई रााष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले सम्बोधन गरेका थिए ।

केन्द्रिय अध्यक्ष डा. लोहनीले प्रधानमन्त्रीकै आडमा भ्रष्टाचार भइरहेको बताएका छन् । उनले अदुरदर्शी र आफ्नो स्वार्थमा केन्द्रित नेताहरुका कारण नेपाल विदेशीको क्रिडास्थल बन्न लागेको बताएका छन् । पछिल्लो दुई वर्षमा नागरिकहरुमा सहनै नसक्ने गरी नैरास्यता छाएको डा. लोहनीको भनाई रहेको छ ।

कार्यक्रमका लागि काठमाडौंबाट नुवाकोट आउने क्रममा डा. लोहनीले गाउँगाउँमा नागरिकहरुसंग भेटघाट गरेर वर्तमान राजनीतिक दल तथा राज्य व्यवस्थाको बारेमा समेत प्रतिक्रृया लिएका थिए । त्यस अवसरमा उनले राजा सहितको हिन्दु राज्य बनाउनका लागि आफु र आफ्नो पार्टी सक्रिय हुने बताउँदै नागरिकहरुलाई साथ दिन आग्रह गरेका छन् ।

आइतवार विहान राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रिय अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले लिखु गाउँपालिकाद्धारा आयोजित एक कार्यक्रममा समेत सहभागि भए । लिखु गाउँपालिकामा उनले शारिरिक रुपमा अपाङ्गता भएका नागरिकहरुलाई न्यानो कपडा वितरण गरेका थिए ।

२९ मंसिर २०७७, सोमबार ११:४६



तपाईको प्रतिक्रिया