दलहरूको आचरण र ओलीको क्रियाकलाप ‘अराजकवाद’

अंग्रेजी शब्द (Anarchism) पनि एक प्रकारको राजनीतिक दर्शन हो, जस्ले स्वैच्छिक संस्थानमा आधारित स्वाभिशासित समाजको परिकल्पना र व्याख्या गर्ने गर्दछ । यस्को वर्णन मुख्यतया राज्यहीन समाजको रूप हुने गर्दछ । अराजकतावाद एउटा यस्तो दर्शन हो जस्को मतानुसार ‘राज्य’ अनावश्यक र हानिकारक हुन जान्छ । यो राजनीति बिज्ञानको त्यस्तो विचारधारा हो जस्ले राज्यको उपस्थितिलाई अनावश्यक ठान्छ । यो सिद्धान्तको अनुसार कुनै पनि सरकारलाई अनावश्यक मान्छ ।

यस्ले साधारणतः यस्तो तर्क दिन्छ कि मनुष्य मूलतः विवेकशील, निष्कपट और न्यायपरायण प्राणी हो । अतः यदि समाज सही तरिकाले संगठित भयो भने कुनै पनि प्रकारको बल प्रयोगको आवश्यकता देख्दैन ।

यस्तो स्थितिमा राज्यको उपस्थिति स्वतः अप्रासंगिक हुन जान्छ । यहाँ नेर बुझ्न जरुरी कुरो यो छ कि ज्यादातर दल, बुद्विजिवी, नागरिक समाज, कानुन ब्यबसायी, जनताले भन्ने गरेको संसद विघटन ओलीको असंवैधानिक कदम अझ उहाँहरू कै भाषामा भन्नुपर्दा राजनीति ‘कु’ र संविधानको धारा आफ्नो अनुकूल बंग्याउने दल र न्यायालय पनि माथी उल्लेखित धारणा अनुसार ‘अराजकवाद’ अन्तर्गत नै पर्दछ ।

संरचना र भुगोल एउटै भएपछि आकारको ठुलो महत्व नहुने रहेछ । जस्तो कि हिजोको कांग्रेस र आजको नेकपा । आकार र प्रकार त्यस्तो चिज हो जो अस्थिर छ र अस्थिर नै रहिरहन्छ । अस्थिर हुनुमा नै आकारको स्थिरता छ । आकारको फेरबदलले बस्तुको गुण, आचरण र स्वभाबमा फरक आउदैन । ‘मुसाको सबै गुण हात्तीमा राखेर परिक्षण गरियो भने पनि सुत्ने र लुक्ने बेलामा हात्तीले बरु दुलै खोज्छ तर जंगल खोज्दैन’ ।

१३ पुष २०७७, सोमबार ०७:४२



तपाईको प्रतिक्रिया