वाइसिएलको सङ्गठन विस्तार

विदुर । नेकपा माओवादी केन्द्रको भ्रातृ सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल जिल्ला समन्वय समिति नवाकोटको बैठकले सङ्गठनलाई विस्तार गर्दै निर्वाचनलक्षित कार्यक्रम सार्वजनिक गरेको छ ।

वाइसिएल जिल्ला समन्वय समिति नुवाकोटका संयोजक दिनेश बोगटीको अध्यक्षतामा सम्पन्न बैठकले नुवाकोटको ८८ वटै वडा र १२ वटै स्थानीय तहमा चैत १४ गतेभित्र कमिटी गठन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा माओवादीको सहयोगका लागि वाइसिएल सदस्यता विस्तार गरी निर्वाचनलक्षित कार्यक्रममा सरिक हुन जिल्ला समितिले निर्देशन जारी गरेको छ । टोलटोलसम्म कमिटी निर्माण गरी सदस्यता विस्तार प्रशिक्षणलाई तीव्र बनाउँदै कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ ।

यस्तै, बैठकले नुवाकोटको १२ वटै स्थानीय तहमा वाइसिएल संयोजक तोकेको छ । बैठकले विदुर नगरपालिकाको संयोजकमा श्रीकृष्ण रिमाल र बेलकोटगढी नगरपालिकाको संयोजकमा अमर तामाङलाई चयन गरेको छ । त्यसैगरी, तादी गाउँपालिकामा दीपक तामाङ, दुप्चेश्वर गाउँपालिकामा सुरेन्द्र तामाङ, शिवपुरी गाउँपालिकामा बुद्धिमान तामाङ, पञ्चकन्या गाउँपालिकामा गणेश खकुरेल, म्यागङ गाउँपालिकामा सरोज तामाङ, लिखु गाउँपालिकामा गौरव नेपाल, किस्पाङ गाउँपालिकामा जितबहादुर तामाङ, तारकेश्वर गाउँपालिकामा धनसिंह तामाङ, ककनी गाउँपालिकामा जलन गजुरेल र सूर्यगढी गाउँपालिकामा रवीन्द्र तामाङलाई संयोजक चयन गरेको छ । संयोजकलाई चैत १४ गतेभित्र सम्बन्धित स्थानीय तहमा वाइसिएल कमिटी चयन गरिसक्न निर्देशन दिएको छ ।

२७ फाल्गुन २०७८, शुक्रबार १३:०७



तपाईको प्रतिक्रिया