नुवाकोटको पालिका तहमा गठबन्धनको बैठक

तरकेश्वर गाउँपालिकामा काँग्रेस, माओवादी केन्द्र र समाजवादीको सोमवार बसेको संयुक्त बैठक ।

विदुर । केन्द्रमा गठबन्धन गरिरहेका सत्तारुढ दलहरुले आजबाट नुवाकोटको पालिकास्तरमा समेत छलफल थालेको छ । जिल्लाको दुई नगरपालिका र १० गाउँपालिकामा नै चुनावी तालमेलको लागि छलफल सुरु गरेको हो । पर्सी २३ गते जिल्लामा संयुक्त प्रतिवेदन बुझाउनका लागि चार राजनीतिक दल छलफलमा बस्ने हिजो राती निर्णय भएको थियो ।

गठबन्धनमा आवद्ध दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी स्थानीय तहमा तालमेलका लागि छलफलमा जुटका हुन् । ति पार्टीका पालिका अध्यक्ष/प्रमुखहरुको संयुक्त बैठक आज बसिरहेको छ । सबै पालिकाको केन्द्रमा बैठक भइरहेको छ । केही पालिकाका बैठक सकिएको भएपछि चुनावी तालमेलको विषयमा तय भएको धारणा सार्वजनिक भएको छैन ।

निर्वाचनमा गठबन्धन गरेर अघि बढ्न केन्द्रको निर्देशनअनुसार जिल्ला तहमा नेताहरु छलफलमा जुटेका हुन् ।

आइतवार राती माओवादी केन्द्रको कार्यालय विदुरमा बसेको चार दलको बैठक ।

हिजो आइतवार साँझ नेकपा माओवादी केन्द्रको विदुर स्थित पार्टी कार्यालयमा चार दलका अध्यक्षहरुको बैठक बसेको थियो । कांग्रेस जिल्ला सभापति रमेशकुमार महत, नेकपा माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने, एकीकृत समाजवादी नुवाकोटका अध्यक्ष गोविन्द नेपाली, जनता समाजवादी नुवाकोटका अध्यक्ष ईश्वरकुमार राउतको बैठकले आजलाई पालिका प्रमुखहरुको बैठक तय गरेको हो ।

संयुक्त बैठकले गाउँ/नगरपालिकाको गठबन्धन दलका प्रथम बैठक नेपाली कांग्रेसको सभापतिको अध्यक्षतामा बसेको छ । यस पछिका बैठकमा अन्य दलहरुको पालैपालो अध्यक्षतामा बैठक बस्ने छ । आजको पालिका तहको बैठकमा वडा र स्थानीय तहको गठबन्धनका सम्बन्धमा राजनीतिक अवस्था र वस्तुस्थितीबारे छलफल भइरहेको छ । उनीहरुले गठबन्धन तफृबाट संयुक्त प्रतिवेदन चैत २३ जिल्ला तहमा पेश गर्नेछन् ।

हिजो आइतवार चार राजनीतिक दलका जिल्ला अध्यक्ष/प्रमुखहरुद्धारा जारी संयुक्त प्रेस बिज्ञप्तीमा भनिएको छ : ‘स्थानीय तह निर्वाचनका सम्बन्धमा गठबन्धन दलको पालिका प्रमुखहरुको बैठक मिति २०७८ चैत्र २१ गते बसी वडा र स्थानीय तहको गठबन्धन सम्बन्धमा रानजीतिक अवस्था र वस्तुस्थिति बारे बृहत् छलफल गरी सत्ता गठबन्धन दलको संयुक्त प्रतिवेदन २०७८ चैत्र २३ गतेभित्र गठबन्धन दलको जिल्ला कार्यालयमा उपलब्ध गराउने निर्णय गरियो’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

नुवाकोटमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय तह भागबण्डा गर्नका लागि शुक्रवारबाट गृहकार्य थालेको हो । शुक्रवार साँझ काँग्रेसका जिल्ला सभापति रामेशकुमार महत, माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछाने र समाजवादीका जिल्ला अध्यक्ष गोबिन्द नेपालीबीच पहिलो बैठक भएको थियो ।

आइतवारको बैठकबाट मात्रै जनता समाजवादी पार्टी नुवाकोटको गठबन्धमा देखिएको छ ।

संघीय सरकारमा सम्लग्न गठबन्धन दलहरूको केन्द्रीय संयन्त्रको निर्णय तथा सम्वन्धी पार्टीको केन्द्रीय समितिको परिपत्र अनुसार चार दलले नुवाकोटमा गृहकार्य गरिरहेको हो । शुक्रवार र आइतवार गरी दुई पटक नुवाकोटमा चार दलका नेताहरू छलफलमा बसेका छन् ।

नुवाकोटको १२ वटा पालिका मध्ये काँग्रेसले ७, एमालेले ३ र माओवादी २ मा जितेको छ । सबै स्थानीय तहमा गठबन्ध कायय राख्ने गरी सबै सबै दलको सम्मानजनक हैसियत कामय राख्ने गरी स्थानीय तह भाग लगाउने गरी छलफल चलिरहेको बुझिएको छ ।

माओवादी केन्द्रका जिल्ला संयोजक पुष्प लामिछानेका अनुसार कुन दललाई कुन स्थानीय तह भन्ने गरी छलफल नभइसकेको र थुप्रै विकल्पहरूमा चार पार्टीले खुल्ला भएर छलफल गरिरहेका छन् । गठबन्धनलाई नतिजामुखी बनाउने विषयलाई केन्द्रमा राखेर छलफल भइरहेको उनले बताएका छन् । पछिल्लो छलफलमा कसलाई कुन स्थानीय तहको नेतृत्व र वडातहसम्म हुने भागबण्डालाई बैज्ञानिक मापदण्डको बारेमा कुरा भएको छ । काँग्रेस सभापति रमेशकुमार महतले २३ गतेनै भागबण्डाको मापदण्डलाई अन्तिम रुप दिने र त्यसबाटै प्रायः कुराहरू प्रष्ट हुने बताएका छन् ।

समावजादी जिल्ला अध्यक्ष गोबिन्द नेपालीले छलफल उत्साहजनक रहेको र नुवाकोटका सबै स्थानीय तह र सबै वडासम्म गठबन्धन पुग्ने पक्का भएको बताएका छन् ।

शुक्रवार राती काँग्रेस पार्टी कार्यालय विदुरमा बसेको गठबन्धको पहिलो बैठकमा तीन दलका प्रमुखहरु ।

२१ चैत्र २०७८, सोमबार १७:४२



तपाईको प्रतिक्रिया