ककनी–५ मा बुद्ध लामा सर्वसम्मत

रानीपौवा । नुवाकोटको ककनी गाउँपालिका वडा नंं ५ मा अध्यक्ष पदको उम्मेदवारमा नेपाली काँग्रेसले बुद्धराज लामालाई उठाउने भएको छ । काँग्रेसका वडा भेलाले उनी एक जनाको मात्रै नाम सिफारिस गरेको छ ।

आधा दर्जन भन्दा बढी आँकाक्षी देखिएको भएपनि उनको नाम वडा अध्यक्षका लागि प्रस्ताव भएपछि सर्वसम्मत भएको बताइएको छ । सत्ता पक्षको गठबन्धनबाट चुनावी मैदानमा उत्रिएपनि ककनीमा काँग्रेसले वडा नं. ५ को अध्यक्ष भने लिने मनस्थिति बनाइसकेको छ ।

२७ चैत्र २०७८, आईतवार ०६:१६



तपाईको प्रतिक्रिया