वडा अध्यक्षको तलब भत्ता सामाजिक कार्यमा

विदुर । तादी गाँउपालिका वडा नम्बर ५ का नब निर्बाचित वडा अध्यक्ष सरोज भण्डारीले आफुले पाउने तलब भत्ता सामाजिक कार्यमा लगाउने घोषणा गरेका छन् ।

बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनमा नेकपा एमालेका तर्फबाट वडा अध्यक्षको उम्मेद्धवार रहेर निर्बाचित भएसँगै पदभार ग्रहण कार्यक्रममा उनले आफुले पाउने सबै तलब भत्ता बापतको रकम सामाजिक कार्यमा लगाउने घोषणा गरेका हुन् । जनप्रतिनिधि भएर नागरिकहरूको सेवामा तल्लिन रहे बापत राज्यले प्रबाह गर्ने तलब, बैठक भत्ता, यातायत सुबिधा लगायत सबै सेवाहरू वडावासीहरूको शिक्षा तथा स्वास्थ्य लगायतका क्षेत्रमा प्रबाह गर्ने घोषणा गरे ।

वडामा रहेका सबै दलहरू र जनप्रतिनिधिको सल्लाह र सुझाबको आधारमा आफुले पाउने रकम वडाबासीहरूकै हितमा प्रयोग हुने बताएका छन् । आफु जनप्रतिनिधि भएर नागरिकहरूको सेवा गर्नको लागी आएको बताउदै राज्यबाट दिने कुनै पनी सेवा सुबिधा आफुले नलिने प्रतिबद्धता जनाएका छन् ।

साथै, वडाको समग्र बिकासको लागी निर्बाचित हुनु अगाडीनै योजना बनाएकाले त्यसै अनुसारको कार्यलाई तिब्रता दिने उल्लेख गरे । वडा अध्यक्षमा आफुसँग पराजित भएका उम्मेद्धवारहरूको सल्लाह तथा सुझाबलाई समेत ग्रहण गरेर वडावासीको सेवामा तत्पर रहने उनले बताएका छन् ।

१३ जेष्ठ २०७९, शुक्रबार ०८:४०



तपाईको प्रतिक्रिया