मिनकुमार केसी बुद्धिजीवी संगठनको संयोजक

विदुर । बाग्मती प्रदेश अन्र्तगत रसुवा, नुवाकोट र धादिङका तिसवटै पालिकहरूमा बुद्धिजीवीहरूको अभियान बढाईने भएको छ । नेपाल बुद्धिजीवी संगठनमा आवद्ध बाग्मती प्रदेश अन्तर्गत रसुवा, नुवाकोट र धादिङका बुद्धिजीवीहरूको बिस्तारीत बैठकलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै सो संगठनका केन्द्रीय सहसंयोजक निलकण्ठ तिवारीले बौद्धिक हस्तक्षेपका लागि संगठन अभियान जरुरी भएको बताएका छन् ।

नेपालको राष्ट्रियता बलियो पार्न, स्वाधिनता र सार्वभौमिकता अक्षुण राख्न तथा आमुल परिवर्तनकारी जनसमुदायको चाहनालाई सम्बोधन गर्न माओवादी शक्ति बलियो पार्नुको बिकल्प नरहेकाले माओवादीहरूको बृहत एकताको बातावरण तयार पार्न, समाजवादका राजनैतिक, आर्थिक, सामाजिक र सांस्कृतिक लगायतका बहुआयामिक आधार तयार गर्न स्थानीय तहसम्मै संगठन निर्माण जरुरी रहेकोमा जोड दिएका छन् ।

उनले बुद्धिजीवी संगठनलाई केवल संगठनको औपचारिकतामा सिमित नराखी आन्दोलन, पार्टी र राष्ट्रलाई नै रचनात्मक योगदान दिँदै संगठनको सार्थकता पुष्टि गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बुद्धिजीवी संगठनको आन्तरिक प्रणाली तथा संगठनको निर्माण र परिचालनमा समेत कार्यखाका बनाएको बताए ।

संगठनका कार्यालय सदस्य तथा बाग्मती प्रदेश ईन्चार्ज भीमसेन गौतमले राजनैतिक, बैचारिक र अनुशासनका बिषयमा प्रशिक्षण समेत दिएका थिए । नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश सचिवालय सदस्य तथा नुवाकोट संयोजक पुष्प लामिछाने ‘अरुण’ ले राजनैतिक बैचारिक कामसाथै पार्टी सुदृढ पार्न पनि बुद्धिजीवीहरूको भूमिका बढाउनुपर्ने बताएका छन् । संगठनका केन्द्रीय सदस्य तथा नेकपा माओवादी केन्द्र बाग्मती प्रदेश स्कुल बिभागका सचिव जयराम आचार्यले समसामयिक अन्तर्राष्ट्रिय परीस्थितीको चर्चा गर्दै घरेलु नीतिका बारेमा बौद्धिक भुमिका थप्नुपर्नेमा जोड दिए ।

अर्का केन्द्रीय सदस्य डा. गणेश धमलाले संगठन निर्माणका साथै बौद्धिक स्तरीयता सम्बन्धमा धारणा राखेका छन् ।

नुवाकोटको विदुरमा आयोजित बैठकको अध्यक्षता गरेका संगठनका केन्द्रीय कार्यालय सदस्य तथा बाग्मती प्रदेश अध्यक्ष कृष्ण कोपीलाले प्रतिवेदनहरूको तथ्य उतार र बिश्लेषण गरिने प्रतिबद्धता सहित संगठनको कार्ययोजना बनाए ।

बैठकमा धादिङ संयोजक रामकुमार श्रेष्ठ, रसुवाका संयोजक प्रकाश नेपाल, हरी देवकोटा, सुवास बिक, मीनकुमार केसी, हरीबहादुर थापा, ज्ञानु धरेल बुर्लाकोटी, बिष्णु बोहोरा, होमनाथ कोईराला, ओमनाथ तिमिल्सिना लगायतले पालिकाहरूको चुनावी रिर्पोट र संगठनको भूमिका सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रदेश उपाध्यक्ष बशुराम रिजालका अनुसार बाग्मतीका १३ जिल्ला र ११९ पालिका मध्ये ११ जिल्लाका ४ क्लष्टर अन्तर्गत १०२ पालिकाको सांगठनिक स्थिती र स्थानीय तह निर्वाचनको समीक्षा प्रतिवेदन प्राप्त भइसकेको छ ।

बैठकमा पार्टी र संगठनबीचको समन्वय चुस्त हुनुपर्ने, सामाजिक मुद्दाहरूमा अध्ययन अन्वेषण हुनुपर्ने तथा निर्वाचनमा भएको ‘भोट फिक्सिंग’लाई गम्भिरताका साथ लिनुपर्ने, उम्मेदवार तय गर्दा मापदण्ड निश्चित हुनुपर्ने, निर्वाचन प्रणाली सुधारका लागि अनिवार्य कदम चाल्नुपर्ने, बैचारिक राजनैतिक काममा जोड दिनुपर्ने लगायतका बिषय महत्वका साथ उठेका थिए ।

बैठकले नुवाकोटको संयोजकमा मिनकुमार केसीलाई चयन गरेको छ । निबर्तमान संयोजक बाग्मती प्रदेश बुद्धिजीबी संगठनको उपाध्यक्षमा चयन भएकाले नुवाकोटको संयोजनकमा केसीलाई चयन गरेको हो । यस्तै, बैठकले तीन जिल्लाका तिसवटै पालिकामा संगठन अभियान तिव्र पारीने निर्णय भएको छ । गौतमका अनुसार बिभिन्न पेशागत क्षेत्रमा रहेका बिचारले उत्कृष्ट प्रतिभाहरूलाई सो संगठनमा आबद्ध गरिदै आएको छ ।

७ असार २०७९, मंगलवार ०९:००



तपाईको प्रतिक्रिया