पुर्णलाल श्रेष्ठको पक्षमा जनलहर

ककनी । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको प्रचार प्रसारको क्रममा नुवाकोट क्षेत्र नं. १ को प्रदेश सभा २ मा एमालेको पक्षमा जनलहर आएको छ । एमाले क्षेत्र नं. १ प्रदेश २ निर्वाचन परिचालन कमिटीले आयोजना गरेको घरदैलो कार्यक्रममा एमालेको पक्षमा मतदाताहरु बाक्लो रुपमा देखा परेका छन् ।

यसै क्षेत्रका प्रदेशसभा २ मा एमालेका उम्मेदवार पुर्णलाल श्रेष्ठको पक्षमा स्वतस्फुर्त रुपमा स्थानीयवासीले स्वागत गर्दै घरदैलो कार्यक्रममा सहभागिता जनाइरहेका छन् । पछिल्लो समय ककनी गाउँपालिकाको कागती गाउँ पुगेका श्रेष्ठलाई सयौंको संख्यामा रहेको घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले आफ्नो घरको अगाडी स्वागत गरेका थिए । सयौंको संख्यामा स्थानीयवासीले एमाले उम्मेदवार श्रेष्ठलाई स्वागत गर्दै माला, खादा तथा अविर लगाई स्वागत गरे र अग्रिम विजयको शुभकामना व्यक्त गरे । उक्त क्रममा स्थानीयवासीको उत्साहलाई हेर्दा घरदैलो जस्तो नभई विजय उत्सव जस्तै बनेको थियो । माला तथा खादालाई सम्हालेर राख्न समेत नसक्ने गरी स्थानीयवासीले उम्मेदवारलाई स्वागत गरिएका थिए । घरदैलो कार्यक्रमका क्रममा स्थानीयवासीले एमालेको जानवादी गीतहरु गाउँदै नाचगान समेत गरेका थिए । एमालेको उम्मेदवारलाई विजयको घोषणा गर्न मात्र बाँकी रहेको उल्लेख गर्दै स्थानीयवासीले विजयको माला समेत तयार गरिसकेको बताए । उनीहरुले नुवाकोटको विकास र समृद्धिको लागि अब पुर्णलाल श्रेष्ठको विकल्प नभएकाले पार्टी भन्दा माथि उठी जिल्लाको विकास र समृद्धिका लागि एमाले उम्मेदवारलाई विजयको शुभकामनासहित ठाउँ ठाउँमा स्वागत गरेको उल्लेख गरे । स्वागत गर्ने स्थानीयवासीले एमालेको सूर्य चिन्हमा मतदान गर्न आतुर रहेको बताए ।

स्वागतलाई ग्रहण गर्दै एमाले उम्मेदवार श्रेष्ठले जनताको स्वागत र आशिर्वादले विजयी निश्चित हुने उल्लेख गर्दै जनताको चाहना शतप्रतिशत पुरा हुने विश्वास दिलाए । उनले जनमतबाट विजयी घोषणा भएपछि नुवाकोटको विकास र समृद्धिको जिम्मेवारी एमाले र एमालेका जनप्रतिनिधिको काँधमा आउने र त्यसलाई पुरा गर्ने प्रतिवद्धता जनाए ।

नेकपा एमालेका तर्फबाट नुवाकोट निर्बाचन क्षेत्र नम्बर १ को प्रदेश २ का उम्मेदवार पुर्णलाल श्रेष्ठले नागरिकहरुको बिश्वास नै आफुले निर्बाचन जित्ने बलियो आधार रहेको बताएका छन् । घरदैलो अभियान तथा मतदाता भेटघाटको क्रममा उम्मेदवार श्रेष्ठले लामो समय सम्म स्थानीय स्तरमानै रहेर गरेको सामाजिक कार्यको प्रभावले समेत नागरिकहरुले आफुलाई रोज्ने उल्लेख गरेका छन् ।

निस्कलंक उम्मेम्वार, कुनै पनि क्षेत्रमा दाग नलागेका कारण पनि मतदाताहरुले श्रेष्ठलाई समर्थन गर्न थालेका छन् । गठबन्धन र अरु पार्टीबाट बनेका उम्मेदवार भन्दा श्रेष्ठलाई निर्वाचन जित्न सहज रहेको अनुमान लगाउन थालिएको छ । ब्यबसाय र सामाजिक क्षेत्रमा क्रियाशिल प्रदेश सभा सदस्य पदका उम्मेदवार पुर्णलाल श्रेष्ठले आफुले निर्बाचन जितेसँगै नुवाकोटको समग्र बिकासको लागी पहलकदमी लिने प्रतीज्ञा गरेका छन् ।

साना, मझौला र ठुला आयोजनाहरुको बर्गिकरण गरि संघ, प्रदेश र केन्द्र सरकारको साँझेदारीमा समग्र जिल्लाकै बिकासको लागी हातेमालो गर्ने योजना उनले अगाडी सारेका छन् ।

२३ कार्तिक २०७९, बुधबार १३:४९



तपाईको प्रतिक्रिया