काँग्रेस–माओवादी मित लगाइसक्यो : महत

सुर्यगढी । नेपाली काँग्रेस नुवाकोटका सभापति एवं नुवाकोट क्षेत्र नं. १ को प्रदेश २ का उम्मेदवार रमेशकुमार महतले नेपाली काँग्रेस र माओवादी केन्द्रले मित लगाएको बताए ।

हिजो मंगलवार सुर्यगढी गाउँपालिका वडा नं. १ लच्याङमा आयोजित चुनावजी सभालाई सम्वोधन गर्दै उनले काँग्रेस र माओवादी केन्द्रबीच यस अघि एकआपसमा प्रतिस्पर्धा हुने गरेकोमा अहिले कसरी मिसिएर आए भनेर धेरै आश्चय ब्यक्त गरिहरनु नपर्ने बताएका छन् ।

सरकार सञ्चालनमा एमाले र केपी ओलीको स्वयच्छाचारीको विरुद्धमा राष्ट्र र राष्ट्रियताको पक्षधर दलहरु एक ठाउँमा उभिएको बताए । ‘गाउँमा हुने जात्रामा दुई बलिया मान्छे झगडा गर्दा र कुस्ती खेल्दा गाउँमा अप्ठ्यारो अवस्था आउथ्यो र गाउँले सबै मिलेर उनीहरुलाई समातेर मित लगाउने गरिन्थ्यो,’ महतले भने– ‘हो यस्तै अप्ठ्यारो परिस्थितिको निराकरणका लागि हामी मिलेर आएका छौं, तपाईहरु दुविधामा पर्नुपर्दैन ।’

एमालेका उम्मेदवारहरु पैसाकै भरमा चुनाव जित्छु भनेर हिडेको उल्लेख गर्दै महतले पैसाले भोट खरिद गर्ने युगको अन्त्य भइसकेको बताए । ‘ उनीहरु जस्तो हामी ब्यापार गर्न आएका हैनौं, हामी सेवा गर्न आएका हौं’ महतले भने । एमाले नुवाकोटका अध्यक्ष तथा नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार बद्री मैनालीले अघिल्लो समय प्रदेश सभामा प्रतिनिधित्व गर्दा कुनै विकासका काम अगाडी बढ्न नसकेको आरोप लगाउँदै विकास निर्माणको कार्यभार सम्हाल्नका लागि आफ्नो उम्मेदवारी प्रदेश सभामा रहेको महतले बताएका छन् ।

हितबहादुर तामाङलाई काँग्रेसले भोट हाल्दैन भनेर एमालेले अनाबश्यक हल्ला फिजाएको भन्दै उनले हितबहादुर तामाङ साझा र आदरणिय नेता भएकोले काँग्रेसले एकछत्र मत दिने बताए । ‘हामी अहिले काँग्रेस–माओवादी–समाजवादी केही छैनौं, हामी एउटै हौं’ महतले भने ।

२३ कार्तिक २०७९, बुधबार १४:४९



तपाईको प्रतिक्रिया