५१ प्रतिशत मत लिएर प्रचण्ड विजयी

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गोरखा २ बाट भारी मतान्तरसहित जीत निकालेका छन् । सो क्षेत्रमा खसेको कूल ५४ हजार ३१  मत मध्ये प्रचण्ड एक्लैले २६ हजार १०३ मत ल्याएर  विजयी भएका छन् । उनले कूल मतदानको तुलनामा ५१ प्रतिशत मत आफ्नो पक्षमा पारेका छन् ।

प्रत्येक चुनावमा नयाँ निर्वाचन क्षेत्र रोज्ने क्रममा प्रचण्ड गोरखा २ गएका हुन् । यसअघि उनले चितवन ३ बाट प्रतिस्पर्धा गरी विजयी हाँसिल गरेका थिए ।

गोरखा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटी दोस्रो भएका छन् । उनले १२ हजार ६३७ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेबाट उम्मेदवारी दिएका अब्दुस सलाम मियाँले ७ हजार ३९३ मत ल्याएका छन् । 

८ मंसिर २०७९, बिहीबार १०:२५



तपाईको प्रतिक्रिया