विदुर नगरपालिकमा रास्वपाको छायाँ सरकार तयार गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा शुभेच्छुकहरू शुक्रवार बट्टारमा ।

बट्टार । राष्ट्रिय स्वतन्त्र पार्टीले नुवाकोटको विदुर नगरपालिकामा छायाँ सरकार सञ्चालन गर्ने भएको छ । रास्वपाको शनिवार बट्टारमा भएको विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकाको संयुक्त भेलालाई सम्बोधन गर्दै सो पार्टीका संसदिय दलका उप नेता बिराजभक्त श्रेष्ठले विदुर नगरपालिकामा छायाँ सरकार सञ्चालन गर्ने बताएका हुन् ।

नुवाकोटले रसुवा र धादिङलाई समेत प्रभाव पर्ने र भूराजनीतिक रुपमा मध्य भागमा रहेको बताउदै नुवाकोटको पनि केन्द्र विदुर नगरपालिकामा छायाँ सरकार बनाउने उनले घोषणा गरे । ‘यहाँको स्थानीय सरकारको कामकाजको खबरदारी गर्ने र नागरिकका पक्षमा सक्रिय रहन स्थानीय सरकारलाई काम गर्न बाध्य पार्ने गरी हाम्रो छायाँ सरकारले काम गर्ने छ’ श्रेष्ठले भने ।

सोही प्रसंगलाई सम्बोधन गर्दै उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय उपसभापति डिपी अर्यालले स्थानीय तहमा भइरहेको अनियमितता र व्यतिथिका बिरुद्ध रास्वपाले अभियान नै सञ्चालन गर्ने बताएका छन् । तीन पटकसम्म रास्वपाले विदुर नगरपालिकाको नेतृत्व तहलाई दवाव दिने, घच्घच्याउने, तर आफ्ना मागहरूको सुनुवाई नभएमा, नागरिकको पक्षमा काम गर्ने तर्फ सकारात्मका नभएका घण्टी बजाउदै नगरपालिका घेर्न जाने उनले बताएका छन् । अर्यालले अन्य पालिकाहरूमा समेत आफुहरूले खबरदारी र रखवारी गर्ने बताएका छन् । ‘हामी स्थानीय सरकारलाई गाली मात्रै गर्दैनौं, हामी काममा सहयोग पनि गर्छौ’, अर्यालले भने, ‘विद्यालय, स्वास्थ्य चौकी तथा सार्वजनिक कामको अनुगमन हामी गर्छौ, आवश्यकताका आधारमा रास्वपाका कार्यकर्ताले स्वयमंसेवकका रुपमा सार्वजनिक शौचालय सफा गर्ने देखि विद्यालयमा सरसफाई, पठनपाठनको व्यवस्थापन, स्वास्थ्य केन्द्रका नियमित सेवा सुचारु गराउनका लागि पहल गर्ने देखि आफुले गर्न सक्ने त्यस्ता कामहरू खुरुखुरु गर्छ पनि ।’

शनिवार भएको दुई नगरपालिकाको उक्त भेलाले नगरस्तरिय नयाँ कार्य समिति गठन गरेको छ । विदुर नगरपालिकामा भरतबहादुर थापा मगर सभापति चुनिएका छन् । उनी यस अघि पनि विदुर नगरपालिकाको सभापति थिए । त्यस्तै विदुर नगरपालिकाको उपसभापतिमा राम खतिवडा, सचिवमा रामप्रसाद रिमाल, कोषाध्यक्षमा उषा डंगोल छन् । सदस्यहरूमा मान पाण्डे, ईश्वरकुमार डंगोल, दीपक ढुङ्गाना, रुपेश सिंह राजपुत, जोनी जेके, अभय डंगोल, नारायणप्रसाद नेपाल, दीपक रिमाल, राजेन्द्र मिजार, आयुष रिजाल, उत्तम अगस्ती, राजुकुमार रिमाल र बिरबहादुृर तामाङ छन् ।

यस्तै बेलकोटगढी नगरपालिकाको सभापतिमा कृष्णप्रसाद पन्थ, सचिवमा रामप्रसाद लामिछाने, कोषाध्यक्षमा सुदिप सापकोटा चुनिएका छन् । सदस्यहरूमा सन्देश न्यौपाने, लुमडीप्रसाद सुवेदी, प्रल्हाद न्यौपाने, राजेन्द्र दाहाल, ठाकुरप्रसाद गजुरेल, निरु ढुङ्गाना, भुवनप्रसाद गजुरेल, गोविन्द तिवारी र सुर्यमान गुरुवाचार्य छन् ।

रास्वपाको नगरपालिका भेला अघि त्यस दिन बिहान नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा सर्वसाधारण र नागरिक अगुवाहरूको सहभागितामा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएको हो । प्रदर्शनमा राष्ट्रिय स्वतन्त्र पार्टीका उप–सभापति डीपी अर्याल, संसदीय दलका उपनेता बिराजभक्त श्रेष्ठ, प्रमुख सचेतक सन्तोष परियार, रमेश खरेल लगायत नेता सहभागी थिए ।

१ जेष्ठ २०८०, सोमबार २०:५६



तपाईको प्रतिक्रिया